भोजन पर्यटन प्रबर्द्धनको लागि सहमति पत्रमा हस्ताक्षर तथा अन्तरक्रिया सम्पन्न

२०७७ फाल्गुन २१, शुक्रबार २१:१५ गते २०७७ फाल्गुन २१, शुक्रबार २१:१५ गते २०७७ फाल्गुन २१, शुक्रबार २१:१५ गते

फागुन २१,काठमाडौ । नेपाली मौलिक तथा परम्परागत खानामार्फत पर्यटन प्रवर्धन गरिने भएको छ। कोभिड–१९ बाट थला परेको नेपालको पर्यटन क्षेत्रलाई भोजन पर्यटन मार्फत पुनःस्थापना गर्नका लागि रैथाने एग्री प्रडक्टस् नेपाल र ग्यास्टोनोमी टुरिजम एशोसिएशन अफ नेपाल बिच सहमति पत्रमा हस्ताक्षर तथा अन्तरक्रिया सम्पन्न भएको छ।रैथाने एग्री प्रडक्टस् नेपालको कार्यलय धुम्वाराई मा रैथाने एग्री प्रोडक्टस् नेपालका अध्यक्ष तिलक बहादुर ढकाल र एशोसिएशनका अध्यक्ष सुरेशचन्द्र बस्नेतको उपस्थितिमा हस्ताक्षर सम्पन्न गरिएको हो।

उक्त समारोहमा रैथाने एग्री प्रडक्टस् नेपालका अध्यक्ष तिलक बहादुर ढकालले भोजन पर्यटन प्रबर्द्धनका लागि रैथाने वस्तुहरुको उत्पादन, संरक्षण,प्रबर्द्धनको रैथाने बचाउ अभियान, उत्पादन, प्रबर्द्धन तथा भोजन पर्यटनको सम्भावनाको बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो।कार्यक्रममा ग्याष्ट्रोनोमी टुरिजम एशोसियशन अफ नेपालका अध्यक्ष सुरेशचन्द्र बस्नेतले आफ्नो कम्पनीको उद्देश्यका साथै नेपालमा भोजन पर्यटनको सम्भावना,अवसर र चुनौतिको बारेमा धारणा राख्नु भएको थियो ।

सहमतिबाट नेपालका ७ वटै प्रदेशका मुख्य शहरहरुमा रैथाने कृषि उपजमार्फत भोजन पर्यटन,प्रबद्र्धनका लागि मद्धत पुग्नुका साथै रैथाने कृषिउपजहरुको उत्पादन तथा संरक्षणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । शिबपुरी मिडिया नेटवर्क अध्यक्ष रबिन प्रसाद थपलिया,न्युजलाइन्स मिडिया नेटवर्कका राजु भट्ट,सेफ बेद अधिकारी ग्याष्ट्रोनोमी टुरिजम एशोसियशन अफ नेपालका उपाध्यक्ष सन्तोष कुबर सचिव भावना केसी रैथाने एग्री प्रोडक्टस् राईबहादुर राई लगाएतका पदाधिकारी सहभागिता रहेको थियो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *