नेकपा विवादः आजदेखि कानुनी प्रक्रिया अघि बढाउने तयारीमा आयोग

२०७७ फाल्गुन २३, आईतवार १२:२५ गते २०७७ फाल्गुन २३, आईतवार १२:२५ गते २०७७ फाल्गुन २३, आईतवार १२:२५ गते

काठमाडौं, फागुन २३ : चौतर्फी दबाब र आलोचना खेपिरहेको निर्वाचन आयोगले नेकपाको आधिकारिकताको विवाद टुंग्याउन छिट्टै कानुनी प्रक्रिया अघि बढाउने जनाएको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल पक्षले दोस्रोपटक आधिकारिकताको दाबी गरेपछि नेकपा विवादलाई अब आलटाल गरेर अघि बढ्न नसक्ने निष्कर्ष निकाल्दै विवाद निरुपण गर्न प्रक्रिया अघि बढाउने बताएको हो ।‘सम्भवतः आइतबार बस्ने आयोगको बैठकबाटै राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा ४३ र ४४ बमोजिम प्रक्रियामा लैजानेछु,’ प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने ।

नेकपाको आधिकारिकताको विवाद टुंग्याउन आलटाल गरिरहेको स्थितिमा प्रचण्ड र नेपाल पषले शुक्रबार दोस्रोपटक आधिकारिकता दाबी गरेको थियो । यसअघि आयोगमा गरिएको आधिकारिकताको दाबीलाई कानुनको छिद्र खोजेर पन्छिन खोजिरहेको आयोगलाई अब विवाद नसुल्झाइ सुख नै नपाउने अवस्था निम्तिएको आयुक्तहरु बताउँछन् ।पछिल्लोपटक नेकपाको आधिकारिकता विवाद टुंगो लगाउनुको साटो अन्य विभिन्न विकल्पतिर आयोगको ध्यान गएको थियो । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *