‘मोडल सङ्ग्स अवार्ड’ को दोश्रो संस्करण भव्य समारोहका बिच सम्पन्न

२०७७ फाल्गुन २४, सोमबार १०:१८ गते २०७७ फाल्गुन २४, सोमबार १०:१८ गते २०७७ फाल्गुन २४, सोमबार १०:१८ गते

काठमाडौ, फाल्गुण- शनिवार राजधानीमा मोडल सङ्ग्स नेपालको आयोजनामा ‘नेपाली कला, संस्कृति, सष्ट्रा तथा सर्जकको सम्मानमा समर्पित अन्तर्राष्ट्रिय अवार्ड’ ‘मोडल सङ्ग्स अवार्ड २०२०’ एक भव्य समारोहका बिच सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय स्तरमा सम्पन्न हुँदै आएको ‘मोडल सङ्ग्स अवार्ड’को दोश्रो संस्करण भने कोरोना संक्रमणको जोखिमका कारण यस वर्ष राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा बिभिन्न साँस्कृतिक प्रस्तुतिहरुसहित पूर्व सुचना तथा संचारमन्त्री तथा प्रतनिधी सभा सदस्य डा मिनेन्द्र रिजालको प्रमुख आतिथ्यतामा सु-सम्पन्न भएको हो।अवार्ड समारोहको समुद्घाटन प्रमुख अतिथि रिजाल,कार्यक्रम आयोजक डेभिल सिंह राजपुत, विशेष अतिथि नेपाल विद्यार्थी संघका महामन्त्री मनोज वैद्यले पानसमा दीप प्रज्ज्वलन गरी गरेका थिए ।

नेपालका चर्चित कलाकारहरु गायक बिनोद ढकाल, कमेडियन गोपाल ढकाल ‘छन्दे’, दिनेश गौतम लगायतको प्रस्तुतिसहित अवार्ड सम्पन्न भएको हो । ‘नेपाली कला, संस्कृति, सष्ट्रा तथा सर्जकको सम्मानमा समर्पित अन्तर्राष्ट्रिय अवार्ड’ भनिएको यो अवार्डमा विभिन्न विधामा अवार्ड प्रदान गरिएको थियो ।अवार्ड समारोहमा बेस्ट सिङ्गर अफ दी ईयर- नेशनल सङ्ग (कालापानी ) बाट बिनोद ढकाल, बेस्ट एक्टर – फिल्म (विर बहादुर दंग पर्छ ) बाट शितल केसी, ‘बेस्ट डेब्यु मेल मोडल ( परदेशीको कर्म ) बाट प्रदीपराज वन्त, बेस्ट फेशन कोरियोग्राफर बाट रोजिन शाक्य, नेपाल्स नम्बर वान ब्युटी सलु्नबाट फेसियल हाउस, बेस्ट ईन्टरनेशनल एचिभर – टाईटल विनर बाट ड्रीम सर्च एजेन्सी, बेस्ट फोटोग्राफरबाट बिन्द्र प्रजापति, बेस्ट म्युजिक कम्पोजर- मेल (सुस्तरी सुस्तरी) बाट सरगम राई, बेस्ट मिडिया पर्सन अफ दी ईयर बाट राजेन्द्र लुईटेल (राज), बेस्ट फेशन फोटोग्राफर अफ दी ईयरबाट कुबेर तामाङ्ग, बेस्ट ब्युटी पेजेन्ट वीनर (मिस भ्याली आईकन,२०१९) बाट मिस निशा लिम्बू, बेस्ट ईभेन्ट मेनेजमेन्ट कम्पनी बाट क्वेस्ट ईभेन्ट मेनेजमेन्ट प्रा ली , बेस्ट ईभेन्ट डिरेक्टर – मेल बाट मोनित महर्जन, बेस्ट युनिक ईभेन्ट बाट मिस्टर दारी २०१९, बेस्ट नोवेल २०२० बाट प्रेम सरोवर – दुर्गा काफ्ले, बेस्ट लिरिसिस्ट- मोडर्न (परदेशी आयो) बाट प्रकाश सापकोटा, बेस्ट खलपात्र – फिल्म (विर बहादुर दंग पर्छ) बाट त्रिबिक्रम सिंह राणा, बेस्ट फिमेल लिरिसिस्ट मोडर्न (फूल झैं फूलेको जिन्दगी) बाट सावित्रा चिलुवाल, बेस्ट क्लासिकल सिङ्गर (म मरिसकेपछि) बाट दिनेश गौतम, बेस्ट ईन्टरटेन्मेन्ट बिजनेश (ईभेन्ट) बाट उत्सव जंग थापा, बेस्ट सिङ्गर अफ दी ईयर – पप (मिलन खोज्ने यी नयन) बाट मिस्टर म्याक्स नेपाल र बेस्ट आर्ट एण्ड लिटरेचरबाट नारायण रेग्मीलाई अवार्ड प्रदान गरिएको थियो ।

कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै विश्व स्वास्थ्य संगठनले जारी गरेको स्वास्थ्य निर्देशिका अनुरुप संचालित उक्त अवार्ड समारोहमा श्रोताहरुको उल्लेखनीय उपस्थिती रहेको थियो। अवार्ड समारोहमा सांगितिक/ साँस्कृतिक प्रस्तुतीहरु चलिरहँदा समारोहको अन्त्यसम्म नै दर्शक दिर्घाबाट खचाखच भरिएको राष्ट्रिय नाचघरमा दर्शकहरुबाट साथ र सहयोग मिलिनै रहेको देखिन्थ्यो। आयोजक संस्था मोडल सङ्ग्स नेपालका प्रमुख डेविल सिंह राजपुतले अवार्ड समारोह सम्पन्न गराउनको निमित्त साथ र सहयोग प्रदान गर्नुहुने सबैलाई धन्यबाद दिदै अवार्ड विजेता सम्पूर्णलाई शुभकामना दिदैं ‘नेपाली कला, संस्कृति, सष्ट्रा तथा सर्जकको सम्मानमा समर्पित अन्तर्राष्ट्रिय अवार्ड’ समारोहको तेश्रो संस्करण भने अन्तर्राष्ट्रिय स्तरमै सम्पन्न गरिने जनाए।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *