ईन्जिनियर पराजुली द्वारा लिखित ´आखीझ्यालबाट नेपालको राजनीति`को लोकार्पण सम्पन्न

२०७७ फाल्गुन २६, बुधबार १०:३६ गते २०७७ फाल्गुन २६, बुधबार १०:३६ गते २०७७ फाल्गुन २६, बुधबार १०:३६ गते

काठमाडौं २६ फागुन | ईन्जिनियर महेन्द्र पराजुली द्वारा लिखित ´आखीझ्यालबाट नेपालको राजनीति`नामक पुस्तकको लोकार्पण सम्पन्न भएको छ । कार्यक्रममा नेपाली कांग्रेसका नेता महामन्त्री डा. शशांक कोइराला,नेपाली कांग्रेसका प्रवक्ता बिश्वप्रकाश शर्मा,माननिय एवम् पुर्व मन्त्री गगन कुमार थापा,नेकपा एमालेका नेता पुर्व मन्त्री माननीय योगेश भट्टराई,प्राध्यापक डा.कृष्ण खनाल,डा.सुरेन्द्र केसी,पुर्व सभामुख एवम् कानुनबिद दमननाथ ढुंगाना लागएत थुप्रै विशिष्ट व्यक्तित्व एवम् राजनीतिज्ञहरुको उपस्थिति रहेको थियो।

ईन्जिनियर पराजुलीले नेपालमा प्रजातन्त्रको स्थापना कालदेखि हाल सम्मको राजनीतिक विषय वस्तुलाई विभिन्न कोण बाट यस ´आखीझ्यालबाट नेपालको राजनीति` नामक पुस्तकमा समाबेश गरेका छन्।´लोकतन्त्रकै उपहास`२०७४ प्रकाशनसंगै समय,घटना र संन्दर्भका सफल बिश्लेषक पराजुलीले जिवनको अधिक समय निजामती सेवाको प्राबिधिक क्षेत्रमा बिताएका छन्। उनले पुस्तक मात्र लेखेका छैनन् ´जय आमा नेपाल`र ´लजालु मुस्कान` नामक गीति एल्बमहरु पनि त्यतिकै चर्चित छन्।कार्यक्रममा बोल्दै प्रमुख अतिथि डा.शशांक कोइरालाले ईन्जिनियर महेन्द्र पराजुली द्वारा लिखित यो पुस्तक पाठकको लागि मात्र नभई राजनीतिक दस्तावेज भएको बताएका थिए। म सधैं परिवर्तनको पक्षमा रहेको र ईन्जिनियर पराजुलीले जस्तै देशको लागि कलम चलाउन सबैले जरुरी छ।

त्यस्तै पुस्तकको विषयमा बोल्दै प्राध्यापक डा.कृष्ण खनालले इन्जिनियर पराजुलीको ´आखीझ्यालबाट नेपालको राजनीति`समकालीन राजनीतिक खुलामञ्च हो जहाँ प्रजातन्त्र देखि संघीय लोकतान्त्रिक गणतन्त्र सम्मको राजनीतिक व्यक्ति, प्रवृत्ति समाबेश रहेको बिचार व्यक्त गरेका थिए। त्यस्तै नेपाली कांग्रेसका प्रवक्ता बिश्वप्रकाश शर्माले ईन्जिनियरको कलम बाट लेखिएको यो पुस्तक सहिदपुत्रको भावनात्मक आबेग र जिम्मेवारीपुर्ण र विवेकको सम्मिक्षण प्रस्तुत गरेको देखिन्छ।

पुस्तक बारे टिप्पणी गर्दै सान्न नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रतिनिधिसभा सदस्य माननीय गगन कुमार थापाले हाम्रो डेमोक्रेसीको सबै भन्दा सुरक्षाको खतरा भनेको नन-पर्फर्मेन्स हो I यो व्यक्तिगत कुरा मात्र बनाइनु हुन्न I कुनै एक युबा मुभमेन्टको पोलिटिक्समा जान्छ, सफल हुन्छ I इलेक्ट्ररल पोलिटिक्समा जान्छ, त्यहाँ पनि सफल हुन्छ तर त्यहि पात्र जब पावरको पोलिटिक्समा जान्छ (राज्य सत्ता संचालनमा जान्छ) किन असफल हुन्छ ? भन्ने प्रश्नको जवाफ खोज्ने बेला आएको छ ।इन्जिनियर पराजुलीले लेख्नु भएको यो पुस्तक सरल छ स्पष्ट छ यो पुस्तक एकचोटि पढेपछि पाठकको रोजाइमा पर्नेछ ।समग्रमा यो पुस्तकले नेपालको राजनीति इतिहासले बोलेको बिचार व्यक्त गरेका थिए।यस पुस्तकको प्रकाशन सांग्रिला बुकस् ले गरेको हो।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *