कैलालीमा बोर्ड राख्‍ने निहुँमा नेपाल र ओली समूहका कार्यकर्ताबीच झडप

२०७७ फाल्गुन २६, बुधबार १५:२० गते २०७७ फाल्गुन २६, बुधबार १५:२० गते २०७७ फाल्गुन २६, बुधबार १५:२० गते

धनगढी : कैलालीमा एमाले भित्रका दुई समूहबीच झडप भएको छ। सुदूरपश्चिम प्रदेश पार्टी कार्यालयमा एमालेका ओली समूह र माधव समूहका कार्यकर्ताबीच झडप भएको हो।

बुधबार बिहान पार्टी कार्यालयमा माधवकुमार नेपाल समूहले नेकपा एमाले लेखिएको बोर्ड राखेको थियो। तर, केही समयपछि केपी शर्मा ओलीका कार्यकर्ताले उक्त बोर्ड हटाए। उक्त बोर्ड हटाउँदै ओली समूहका कार्यकर्ताहरुले आफ्नो बोर्ड राखे।

बोर्डसँगै प्रदेश इन्चार्जमा लेखराज भट्टको ‘नेम प्लेट’ राखेपछि नेपाल समूहका कार्यकर्ताले ‘नेम प्लेट’लाई तोडफोड गरेका थिए। तोडफोडपछि विवाद उत्पन्न भएको थियो। उनीहरूले नेकपा एमाले सुदूरपश्चिम इन्चार्ज भीम रावल रहेको भन्दै भट्टको नेम प्लेटसमेत हटाए।

यस क्रममा ओली समूह र नेपाल समूहका कार्यकर्ता नाराबाजीमा उत्रिए। विवाद बढ्दै गएपछि झडप भएको हो।

सर्वोच्च अदालतको आइतबारको फैसलाले नेकपा एमाले र नेकपा माओवादी ब्यूँताइदिएपछि दुई फरक–फरक पार्टी बनेका छन्। दुई फरक–फरक पार्टी बनेसँगै केन्द्रदेखि जिल्ला र प्रदेशहरुमा बोर्ड राख्ने र कार्यालय स्थापना गर्ने क्रम चलिरहेको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *