कालिजका विभिन्न परिकार सहित वुक्षालय रिसोर्टमा आजबाट फुड फेस्टिवल हुदै

२०७७ चैत्र २८, शनिबार ०८:०१ गते २०७७ चैत्र २८, शनिबार ०८:०१ गते २०७७ चैत्र २८, शनिबार ०८:०१ गते

काठमाडौं । नयाँ बर्ष २०७८ लाई स्वागत गदै ग्यास्ट्रोनोमि टुरिजम एशोसियसन अफ नेपाल र वुक्षालय रिसोर्ट एण्ड कालिज फार्मको संयुक्त आयोजनामा बुढानिलकण्ठ ग्यास्ट्रोनोमि फुड फेस्टिवल आयोजना गरिने भएको छ ।फेस्टिवल आज देखि बैशाख १ सम्म काठमाडौं जिल्ला बुढानिलकण्ठ नगरपालिका ११ स्थीत वुक्षालय रिसोर्ट एण्ड कालिज फार्ममा हुनलागेको हो

कोभिड–१९ बाट थला परेको नेपालको पर्यटन क्षेत्रलाई भोजन पर्यटन मार्फत पुनःस्थापना गर्नका लागि स्वदेशमा उत्पादित सामग्रीको प्रवद्र्धन गर्ने नेपाली मौलिक तथा परम्परागत खानामार्फत पर्यटन प्रवर्धन गर्ने उद्देश्यले ग्यास्ट्रोनोमि फेस्टिवल आयोजना गरिएको जानकारी दिईयो ।समाजको परिवर्तनसँगै लोप हुन लागेको नेपाली रैथाने खानाको संरक्षण,प्रचारप्रसार र प्रवद्र्धन मुख्य उदेश्य रहने छ।

फेस्टिवलमा हामीले स्वास्थ्य मापदण्डका नियम पालना गर्दै सतर्कताका मास्क प्रयोग गर्न,सामाजिक दूरी कायम गरी कार्यक्रम हेर्न र बेलाबेलामा साबुनपानीले हात धुन र सेनिटाइजर प्रयोग गर्न व्यवस्था गरिएको रिसोर्टको सिईयो तथा संस्थाका उपाध्यक्ष सन्तोष कुवर ले जानकारी दिनु भयो । कार्यक्रममा विभिन्न सांस्कृतिक झांकीहरु प्रस्तुत सहित रैथाने परिकारको स्वाद लिन सकिने छ। कार्यक्रम स्थलमा कालिज फार्म रहेकोले कालिजको बिभिन्न थरिका स्वादिलो परिकार, नेवारी खाना,बेकरी,सातै प्रदेश खाना सहित स्थानिय महिला समुह द्वारा उत्पादन गरिएको खाद्य पदार्थ,कृषि उत्पादन,सामाग्रीहरू विभिन्न स्टलका साथै राष्ट्रिय स्तरका कलाकारहरुको प्रस्तुती रहने आयोजक संस्थाका अध्यक्ष सुरेश चन्द्र बस्नेतले जानकारी दिनु भयो ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *