पार्टीको बैठक आधिकारिक नभएको भन्दै अध्यक्ष मैनालीद्धारा विज्ञप्ती जारी

२०७८ बैशाख ८, बुधबार १९:०२ गते २०७८ बैशाख ८, बुधबार १९:०२ गते २०७८ बैशाख ८, बुधबार १९:०२ गते

काठमाडौं । नेकपा एमालेका नुवाकोटका अध्यक्ष बद्री मैनालीले बिहीबार नुवाकोटमा पार्टीको कुनै कार्यक्रम नभएकाले भ्रममा नपर्न आग्रह गरेका छन् ।उनले आज एक विज्ञप्ती जारी गर्दै पार्टीको नाम लिएर बिहीबार भेला तथा बैठक गर्न लागिएको भन्ने अपुष्ट समाचार आएको भन्दै आपत्ति जनाएका छन् । उनले त्यो भेला पार्टीको आधिकारिक भेला नभएकाले सहभागी नहुन पनि नेता तथा कार्यत्रर्तालाई आग्रह गरेका छन् ।

उनीद्धारा प्रकाशित विज्ञप्तीमा पार्टी आफ्नो विधि, विधान, नीति, नियम, नियमावली र निर्देशिकाका आधारमा चल्ने भएकाले त्यो स्मरण गर्न पनि उनले अनुरोध गरेका छन् । पार्टीका कुनै पनि कार्यक्रम गर्दा माथिल्लो कमिटीले तल्लो कमिटीलाई सर्कुलर गर्ने पार्टीका पद्धति भएको भन्दै उनले त्यो प्रक्रिया बाहेकका भेला तथा बैठक अवैध भएको पनि स्पष्ट पारेका छन् ।उनले नेकपा एमालेलाई एक पार्न आफु लागिरहेको जनाएका छन् । उनले पार्टीको हितविपरीत लाग्ने सबै प्रकारका प्रवृत्ति र तत्वका विरुद्ध एक भर्य अघि बढ्न समेत अनुरोध गरेका छन् । उनले कुनै पनि व्यक्तिको पार्टीविरोधी गतिविधिले पार्टी एकतालाई भत्काउन नसक्ने पनि उल्लेख गरेका छन् । मैनालीनुवाकोटबाट प्रतक्ष्य निर्वाचित प्रदेशसभाका सांसद हुनुहुन्छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *