पुनः उपत्यकाका तिन जिल्लामा निषेधाज्ञा लगाउने तयारी

२०७८ बैशाख १३, सोमबार ०८:१३ गते २०७८ बैशाख १३, सोमबार ०८:१३ गते २०७८ बैशाख १३, सोमबार ०८:१३ गते

जिल्ला प्रशासन कार्यालय काठमाडौँले कोभिड–१९ को सङ्क्रमणका कारण एक हप्ताका लागि अत्यावश्यक बाहेकका सेवा स्थगन गरेको छ । कोरोनाको सङ्क्रमण बढ्दै गएको र कार्यालयका केही कर्मचारीसमेत सङ्क्रमित भएकाले होम आइसोलेशनमा रहनुपर्ने तथा सम्पर्कमा रहेका अन्य कर्मचारीको पनि परीक्षण गर्नुपर्ने हुँदा सोमबारदेखि एक हप्ताका लागि सेवा स्थगन गरिएको जनाइएको छ ।

सो अवधिमा शान्ति सुरक्षासँग सम्बन्धित निवेदन, मुद्दासँग सम्बन्धित कार्य र अन्य अत्यावश्यक सिफारिस सेवा भने सञ्चालन हुने प्रशासन कार्यालयले आज सूचना जारी गरी जनाएको छ । पछिल्लो समय काठमाडौँ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण बढ्दो छ । यसअघि प्रशासन कार्यालयले विभिन्न विषय समेटेर आवश्यक सावधानी अपनाउन सर्वसाधारणसँग अपिल गरिसकेको छ ।

त्यस्तै कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले शहरी क्षेत्रमा ५ सय सक्रिय संक्रमित नाघे निषेधाज्ञा गर्न सक्ने अधिकार जिल्लालाई दिन सिफारिस गरेको छ ।

जिल्लामा रहेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) मार्फत निर्णय गर्ने गरी प्रमुख जिल्ला अधिकारीलाई निषेधाज्ञाको अधिकार दिन लागिएको हो ।

सीसीएमसीको बैठकपछि भोली उपत्यकाका तीनजना प्रमूख जिल्ला अधिकारीको संयुक्त बैठक बसेर निर्णय लिन ललितपुरका प्रजिअ ढुण्डी प्रसाद निरौलाले बताए ।
उनले भने, ‘स्थिति भयावह बनिरहेको छ । त्यसैले अब हामी भोली बसेर गम्भिर छलफलपछि आवश्यक निर्णय लिनेछौं ।’ उनले सीसीएमसीको सिफारिसकै आधारमा निषेधाज्ञामा जान सकिने बताए ।

कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले ५ सय भन्दा बढी संक्रमित भएका शहरी जिल्लामा निषेधाज्ञा जारी गर्नुपर्ने सिफारिस आज गरेको छ । काठमाडौंका तीन जिल्लामा ५ सय भन्दा बढी संक्रमित छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *