उज्यालो नेटवर्क पत्रकारलाई प्रहरीद्रारा पक्राउ

२०७८ बैशाख १३, सोमबार १९:२१ गते २०७८ बैशाख १३, सोमबार १९:२१ गते २०७८ बैशाख १३, सोमबार १९:२१ गते

काठमाडाैं : उज्यालो नेटवर्क अनलाइनका पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ। आइतबार प्रहरीले उज्यालो नेटवर्कका कार्यकारी सम्पादक अनिश तामाङ र दुर्गालाल तामाङलाई कार्यालयबाटै पक्राउ गरेकाे हाे।

उनीहरुमाथि प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय ‘रअ’ प्रमुख सामन्तकुमार गोयलबीच ४ बुँदे सहमति भएको भन्दै खबर प्रकाशन गरेका थिए। प्रहरीले राज्यविरुद्ध र लिखतसम्बन्धी कसुरको आरोपमा उनीहरुलाई पक्राउ गरेको जनाएकाे छ।

गलत समाचार प्रकाशन गरेको भन्दै प्रेस काउन्सिलले स्पष्टीकरण सोधेपछि अनलाइनले असावधानीबस समाचार प्रकाशन भएको भन्दै क्षमा मागिसकेको छ। यसैबीच पत्रकार पक्राउकाे संचारसम्बद्ध सस्थाहरुले बिराेध जनाएका छन्। नेपाल पत्रकार महासंघले विज्ञप्ति जारी गरी घटनाप्रित गम्भीर ध्यानाकर्षण भएको जनाएकाे छ।

महासचिव राेशन पुरीद्वारा हस्ताक्षरित विज्ञप्तिमा अनलाइनमा प्रकाशित समाचारको विषयलाई प्रेस काउन्सिल नेपालले आफ्नो क्षेत्राधिकारभित्र रही निरुपण गरिसकेको अवस्थामा कार्यालयमै पुगेर पत्रकारलाई गिरफ्तार गर्नुले लोकतान्त्रिक विधि र प्रक्रिया मात्र होइन संवैधानिक व्यवस्थामाथिकै ठाडो हस्तक्षेप भएको उल्लेख गरिएकाे छ।

यो घटनाले अदालतको आदेशलाई पनि सरकारले अटेर गरेको प्रष्ट भएको भन्दै विज्ञप्तिमा सञ्चारगृहमै प्रहरी प्रवेश गरेर पत्रकारलाई गिरफ्तार गर्ने कार्य प्रेस स्वतन्त्रता माथिकै प्रहार हो भन्ने महासंघको ठम्याइ रहेकाे उल्लेख छ।

प्रेस स्वतन्त्रताको पूर्णरुपमा सम्मान गर्दै पक्राउ परेका पत्रकारलाई तत्काल निःशर्त रिहाइ गर्न र यस्ता कार्य तत्काल बन्द गर्न सरकार र त्यस मातहतका सबै निकायको महासंघले ध्यानाकर्षण गराइएकाे छ। अन्यथा महासंघ आन्दोलनमा जान बाध्य हुनेसमेत चेतावनी दिइएकाे छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *