होटेल तथा पर्यटन व्यवसायी संघ बारा द्वारा सरकारलाई ध्यानाकर्षण

२०७८ बैशाख १६, बिहीबार १९:५२ गते २०७८ बैशाख १६, बिहीबार १९:५२ गते २०७८ बैशाख १६, बिहीबार १९:५२ गते

बैशाख १६ बारा। होटेल तथा पर्यटन व्यवसायी संघ बाराले निम्न माग राखेर जिल्ला प्रशासन कार्यलय बारा मार्फत सरकारलाई ध्यानाकर्षण गराएको छ।होटेल तथा पर्यटन व्यवसायी संघ बाराले एक ध्यानाकर्षण पत्र जारी गर्दै कोरोना भाइरस कोभीड १९ ले गर्दा होटेल तथा पर्यटन व्यवसाय धरासायी भैरहेको यो बिषम परिस्थितिमा विद्युत महशुलमा डिमाण्ड शुल्क छुट,घर भाडा छुट,भ्याट शुल्कमा परिमार्जन,बैंकको ब्याज मिनाहा र पुनकर्जा सम्बन्धमा जिल्ला प्रशासन कार्यलय मार्फत तिनै तहको सरकारलाई ध्यानाकर्षण गराएको अध्यक्ष शर्माले जानकारी दिएका छन्।

सार्वजनिक यातायात सहित होटेल र पर्यटन क्षेत्र पहिले नै अत्ति प्रभावित भैसकेको र फेरिपनि हुनसक्ने बन्दाबन्दीबाट झन स्थिती जटिल बन्न सक्ने खतरा प्रति हामी व्यवसायीहरु चिन्तित भएको पत्रमा उल्लेख गरेका छन्। होटेल तथा पर्यटन व्यवसायी संघ बाराले होटेल,लज रिसोर्ट,रेस्टुरेन्ट एवम् सम्बन्धित पर्यटन,व्यवसाय संचालनका निमित्त केन्द्रिय सरकार र जिल्ला प्रशासनले जारी गरेको तपशिल बमोजिमका मापदणड र कर्यबिधी जारी गरिएको हुँदा सो नियमको पालना गर्न सम्पुर्ण होटेल एवम् पर्यटन व्यवसायीहरु लाई अनुरोध समेत गरेको छ। होटेल तथा पर्यटन व्यवसायी संघ बाराका अध्यक्ष मोहन प्रसाद शर्माले जारी गरेको ध्यानाकर्षण पत्र यस प्रकार रहेको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *