गाजामा युद्ध समाप्त हुने कुनै सङ्केत नदेखिएपछि बाइडेनद्वारा युद्धविराम गर्न अपिल

२०७८ जेष्ठ ४, मंगलवार १५:५५ गते २०७८ जेष्ठ ४, मंगलवार १५:५५ गते २०७८ जेष्ठ ४, मंगलवार १५:५५ गते

एजेन्सी, ४ जेठ : अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजा क्षेत्रमा युद्धविराम गर्न अपिल गरेका छन् । उनले गाजा क्षेत्रमा इजरायल र प्यालेस्टाइनीबीच भैरहेको संघर्ष रोक्न अपिल गरेका हुन् । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई इजरायल र अन्य देशसँगको दुस्मनी रोक्ने प्रयासमा अमेरिका लागि परेको पनि राष्ट्रपति बाइडेनले बताएका छन् ।गाजा क्षेत्रमा भइरहेको युद्ध दोस्रो हप्तामा प्रवेश गरेको छ ।

एक हप्ता कटिसक्दा पनि युद्ध समाप्त हुने कुनै संकेत नदेखिएको बीबीसीले जनाएको छ । अहिलेसम्म गाजामा ६१ बालबालिकासहित २ सय १२ प्यालेस्टाइनीको ज्यान गएको छ भने इजरायलतर्फ दुई बालबालिकासहित १० जनाको ज्यान गएको छ । इजरायलले गाजामा मारिएका धेरैजसो हमासका विद्रोही लडाकु रहेका दाबी गरेको छ । तर हमास समूहले भने मारिने सबै नागरिक रहेका प्रतिक्रिया दिएको छ । यस्तै, इजरायलले आफ्नो प्रतिरक्षाका लागि हवाई आक्रमण जारी राख्ने पनि बताएको छ । गाजा क्षेत्रमा हिंसा रोकिने लक्षण नदेखिएपछि अन्तर्राष्ट्रिय समुदायले युद्धविरामका लागि अपिल गरेका छन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *