विश्वकप छनाैटका लागि नेपाली टीमकाे घाेषणा, १२ खेलाडी परिवर्तन

२०७८ जेष्ठ ४, मंगलवार १६:५३ गते २०७८ जेष्ठ ४, मंगलवार १६:५३ गते २०७८ जेष्ठ ४, मंगलवार १६:५३ गते

नयाँ प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले इराकसँगको मैत्रीपुर्ण खेलका साथ फिफा विश्वकप छनौटका लागि फाइनल टिमको घोषणा गरेका छन । २३ खेलाडीको नामावली सार्वजनिक हुँदा १३ जना खेलाडी परिवर्तन भएको छन । जसमा ६ जना खेलाडीले पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाउन सफल भएका छन । प्रशिक्षक अब्दुल्लाहले तीन गोलकिपर, ६ जना डिफेन्डर, १० जना मिडफिल्डर, चार जना स्ट्राइकरलाई टिममा राखेका छन ।प्रशिक्षक अब्दुल्लाहले पहिलो पटक राष्ट्रिय टिमको प्रशिक्षण सम्हाल्दा पहिलो पटक नै टिममा ब्यापक परिवर्तन गरेका छन ।

उनले अन्तिम २३ जनाको नामावली सार्वजनिक गर्दा थ्री नेशन्स कप खेलेका गुमाएका नवयुग श्रेष्ठ र मिडफिल्डर सन्तोष तामाङले टिममा कमब्याक गर्दा भरत खवास, दर्शन गुरुङ, रञ्जित धिमाल, निशान खड्का, रवी पासवानले टिममा स्थान बनाउन सकेनन् । ३२ खेलाडीको सूचीमा नै पाँच जना खेलाडीलाई परिवर्तन गरेका अब्दुल्लाहले २३ खेलाडीको सूचीमा कमल थापा, सुरज जिउ ठकुरी गौतम श्रेष्ठ, आयुष घलान, मनिष डाँगी र गोलकिपर विशाल सुनार पहिलो पटक टिममा परेका हुन ।

यसका साथै अब्दुल्लाहले आशिष लामा, सुमन लामा र पुजन उपरकोटीलाई यसपटक मौका दिएका छन भने विवेक बस्नेत, नितिन थापा, ससेहाङ आङदेम्बे र अमित तामाङले अन्तिम टिममा ठाँउ बनाउन सकेनन् ।नेपाली टिमले मे २९ तारिखमा इराकसँग उसकै मैदानमा मैत्रीपुर्ण खेल खेल्नेछ । त्यसपछि टिम कुवेतमा विश्वकप छनौटका लागि जानेछ । विश्वकप छनौटमा नेपाली टिमले जुन तीन तारिखमा चाइनीज ताइपेइसँग खेल्नेछ भने जुन सातमा जोर्डन र जुन ११ मा अष्ट्रेलियासँग खेल्नेछ । यो भ्रमण कुवेती प्रशिक्षक अब्दुल्लाहका लागि पनि नेपाली टिमबाट पहिलो हुनेछ ।

उनले पहिलो भ्रमणमा नै टिममा ठूलो परिवर्तन ल्याएका छन । उनले नेपाली टिमको प्रशिक्षण सम्हालेका बेला नै नेपालको लक्ष्य साफ र एशियन कप भएकाले हामीले त्यसका लागि तयारी गर्नुपर्ने बताएका थिए । उनले आफ्नो टिममा फिट नभएका खेलाडीले मौका नपाउने बताइरहेका बेला अन्तिममा टिममा पनि त्यस्तै रिजल्ट देखाएका छन ।यसका साथै खाडी मुलुमा खेल्न जाँदा विगतमा नेपाली टिमले राम्रो नतिजा निकाल्न नसकेको बेला यो पटक उनले ठूलो परिवर्तन गरेको हुनसक्ने स्रोतले बताएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *