तर सिर्फ एक गल्तीले बर्बाद भयो बलिउड नायिका उर्मिलाको करियर

२०७८ जेष्ठ ९, आईतवार ०६:३५ गते २०७८ जेष्ठ ९, आईतवार ०६:३५ गते २०७८ जेष्ठ ९, आईतवार ०६:३५ गते

काठमाडौँ : बलिउडकी रंगीला गर्ल भनेर चिनिने उर्मिला मातोन्डकर ४६ वर्षकी भएकी छिन्। उर्मिलाको फिल्मी करियरको कुरा गर्ने हो भनेर उर्मिलाले बालकलाकारको रुपमा सन् १९८० मा आएको फिल्म ‘कलयुग’ बाट बलिउडमा कदम राखेकी थिईन्। बालकलाकारको रुपमा उनले फिल्म ‘मासुम’ बाट पहिचान पाएकी थिईन्।

अभिनेत्रीको रुपमा उनको फिल्म ‘नरसिम्हा’ थियो, तर उनले वास्तविक पहिचान रामगोपाल वर्माको फिल्म ‘रंगीला’ बाट पाएकी थिईन्। रंगीलाको छायांकनको क्रममा नै रामगोपाल उर्मिलाको प्रेममा परेका थिए। यहाँसम्म कि निर्देशक रामगोपाल आफ्नो फिल्ममा अभिनेत्रीको ठाउँमा उर्मिलालाई मात्र लिन्थे।

रामगोपाल वर्माको फिल्ममा मात्र काम गरेकी उर्मिलाले अरु निर्देशकका फिल्ममा काम गर्ने इच्छा देखाईनन्। बलिउडमा रामगोपाल वर्माको थुप्रै मानिसहरुसँग सम्बन्ध खराब थियो। जसकारण अरु निर्देशकले उर्मिलालाई आफ्ना फिल्ममा काम गराउन चाहेनन्। बिस्तारै-बिस्तारै उर्मिलालाई फिल्मको अफर आउने छाड्यो र उनको करियर बर्बाद भयो।

भारतीय मिडियाको रिपोर्टस अनुसार एकपटक उर्मिलाको खातिर रामगोपाल वर्माले माधुरी दीक्षितसम्मलाई फिल्मबाट हटाएका थिए। रामगोपाल वर्माले उर्मिलालाई असीमित प्रेम गर्ने भएकोले फिल्ममा लिन्थे। यद्यपि जब यो कुरा उर्मिलाले थाहा पाइन् तब उनले रामगोपाल वर्माको प्रेम प्रस्तावलाई अस्वीकार गरिन्। यति मात्र नभई उर्मिलाले रामगोपाल वर्मासँग फिल्म काम गर्ने छाडिन्।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *