अष्ट्रेलियाका विश्वविद्यालहरुद्वारा विदेशी विद्यार्थीलाई अष्ट्रेलिया आउन दिन आग्रह

२०७८ जेष्ठ ११, मंगलवार १८:४७ गते २०७८ जेष्ठ ११, मंगलवार १८:४७ गते २०७८ जेष्ठ ११, मंगलवार १८:४७ गते

सिड्नी। अष्ट्रेलियाका विश्वविद्यालयहरुले विदेशी विद्यार्थीहरुलाई अष्ट्रेलिया फर्किन दिनका लागि यहाँको सरकारलाई आग्रह गरेका बताइएको छ। कोरोना भाइरसको महामारीका कारण यहाँका विश्वविद्यालयहरुमा भर्ना हुने विद्यार्थीको संख्या घट्दै गएको छ । महामारीका कारण विदेशी विद्यार्थीहरु पनि अष्ट्रेलिया फर्किन पाएका छैनन्।

अष्ट्रेलियाले कोरोना भाइरसको पहिलो लहर शुरु भएदेखि नै अहिलेसम्म विदेशी विद्यार्थीहरुलाई फर्किन दिएको छैन। महामारी शुरु भएपछि कतिपय देशका विद्यार्थीहरुलाई आफ्नो घर जान दिएको सो देशले लामो समयदेखि हवाई उड्डयन खुलेको छैन ।

जसका कारण विदेशी विद्यार्थीहरु अष्ट्रेलिया फर्किन पाएका छैनन्। अष्ट्रेलियाका विश्वविद्यालयहरुको पछिल्लो तथ्यांकअनुसार यहाँ पहिलेका वर्षहरुको तुलनामा विश्वविद्यालय भर्नामा ३३ प्रतिशत कमी आएको छ।

यसका कारण यहाँका विश्वविद्यालयहरुको बजेटमा पनि धेरै कमी आएको देखिएको छ । त्यसैले यहाँका विश्वविद्यालहरुले आफ्ना देशका गएका विदेशी विद्यार्थीहरुलाई स्वदेश फर्किन दिन र नयाँ विद्यार्थीलाई पनि अष्ट्रेलिया आउन दिने व्यवस्थाका लागि आग्रह गरेका हुन्।

अष्ट्रेलियाको मेलबर्नमा सहयोगको या’चना गर्दागर्दै अस्ताए अनिल तामाङ- श’व नेपाल लैजाने तयारी:अष्ट्रेलिया । मि’र्गी रो’गका कारण बेहोस भएर अस्पतालमा उपचार गराइरहेका अनिल तामाङको गएराति उपचारकै क्रममा नि’धन भएको छ ।सनसाईन अस्पतालमा विगत करिब दुई महिनादेखि उपचार गराइरहेका उनको हो’स खुल्न सकेको थिएन ।

आईसीयूमा उपचार गराइरहेका उनको परिवारको आर्थिक स्थितिले धा’न्न नसक्ने भएपछि मेलबर्नका गौतम लामिछानेको सक्रियतामा गोफन्डमीमार्फत सहयोग संकलन आरम्भ गरिएको थियो । आज बिहानसम्म उनको एकाउन्टमा २२ हजार डलर सहयोग संकलन भएपनि यो उनको उपचारका लागि प्रयोग गर्न प्राप्त गर्ने चरणमा नै रहेको अवस्थामा उनको नि’धन भएको हो ।

अनिलको उपचारका लागि परिवारसँगै सहयोगमा जु’टेका लामिछानेले सा’मूदायिक संघसंस्थाहरुबाट सहयोग प्राप्त हुन नसक्नु दु’खद भएको प्र’तिक्रिया दिएका छन् । उनले बारम्बार आग्रह गर्दा पनि नेपालीहरुको सबैभन्दा ठूलो संस्था भनी दा’वी गर्नेहरुले बे’वास्ता गरेको बताए ।

उनले भने, “त्यसपछि व्यक्तिगत पहलमै भएपनि हामीले सहयोग संकलन अ’भियान अघि बढाएका थियौं । तर, ब’चाउन सकिएन । सहयोगको या’चना गर्दागर्दै उनको नि’धन भयो ।परिवारले उनको श’वलाई नेपाल नै पठाउने भनेको छ । त्यसका लागि व्यवस्था गर्दैछौं ।”

अनिलको नेपालमा घर रामेछापमा हो ।अनिल गएको २४ मार्चदेखि यही रो’गका कारण अस्पतालमा थिए ।अनिलकी दिदी अनीता अनुसार चिकित्सकहरुले मिर्गी रो’ग भनेपनि खासमा के भएको हो पत्ता नै लाग्न नसकेको बताइन् । बे’होस अवस्थामा नै संक्रमण लगायतको स’मस्या पनि थपिएको उनले बताएकी थिइन् ।

विद्यार्थीको रुपमा सन् २०१५ मा अष्ट्रेलिया आएका अनिलले क’मर्शियल कु’करीको पढाई सकाएर न्यूपोर्टमा काम गरिरहेका थिए ।भिक्टोरियाका लागि नेपाली अ’वैतनिक महावाणिज्यदुत चन्द्र योन्जनले एउटा विद्यार्थीको असामयिक नि’धन भएको भन्दै दुःख व्यक्त गरेका छन् ।

योन्जनले उनको श’वलाई नेपालमा पठाउने कार्यका लागि लाग्न सबैलाई अ’पिल पनि गरे । यसअघि उनी अस्पतालमै पुगेर अनिलको परिस्थितिको जानकारी लिएका थिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *