काठमाडौ । घरमा छोराको आगमन हुँदा परिवार कम्ती खुसी थिएन । उनीहरुले छोराको भविष्यको सपना देख्न थालेका थिए । तर त्यो खुसी केही दिनमै सपनामा परिणत भयो । छोरालाई कल्पना पनि गर्न नसकिने रोग लागेपछि अहिले आमाबुवा निकै ठुलो समस्यामा छन् । एकातिर छोराको अनौठो रोग अर्को तिर उपचारका लागि आर्थिक अभाव ।
महामारीका कारण देशको अवस्था पनि ठिक छैन । सजिलै उपचार पाउने अवस्था पनि छैन । यस्तो निकै ठुलो समस्याको सामना गरिरहेका छन् गोर्खाका आरुश उपरकोटिका यि आमाबुवा । जो जन्मेर आठ महिना मात्रै लागेका थिए तर उनको पेटमा थैलो जस्तो देखिन थाल्यो । जसोतसाृ छोराको शल्यकृया गराए । उनलाई घरमा ल्याए । तर अर्को समस्या उनीहरुलाई छ । औषधि उपचारको खर्च कसरी जुटाउने ?
सुरुवाति चरणको अवस्थामा पेटबाट आन्ध्रा मात्रै हैन दाहिने पट्टिको कलेजो नै बाहिर निस्किएको रहेछ । चिकित्सकले बालकको रोगलाई हर्निया भनेका रहेछन् । धेरै प्रकारको हर्निया मध्य यो एक प्रकारको रोग रहेछ । बाबुलाई पनि लागेको चिकित्सकले बताएपछि उनको त्यो पेटमा कलेजो सहित झुन्डिएको भागलाई अप्रेसन गर्दा लगभक अरुलाई १ घन्टा लाग्थ्यो भने उनलाई चार घन्टा भन्दा पनि बढि लागेको उनका पिताले बताए ।
परिवार पनि त न्यून आयश्रोत भएको र गरिबिकै झुपडिमा रोमलिएको रहेछ ।एकचोटि को उपचार जेनतेन कसोकसो गरे तर फेरि हस्पिटल लग्नुपरे आर्थिक अभाव भएकाले चिन्तित छन् आमाबुवा ।
Views: 0