अमेरिकाको न्युजर्सीमा अध्ययनरत नेपाली विद्यार्थी अजय शाहको शव फेला : यस्तो रहेछ रहस्य

२०७८ जेष्ठ १२, बुधबार १३:५१ गते २०७८ जेष्ठ १२, बुधबार १३:५१ गते २०७८ जेष्ठ १२, बुधबार १३:५१ गते

२३ वैशाख, अमेरिका । नेपालको सिराहा जिल्लाबाट अमेरिकाको न्यू जर्सीमा बसोबास गर्ने विद्यार्थी अजय साहको शव फेला परेको छ । गत जनवरीदेखि न्यू जर्सीबाट न्यूयोर्कको लागि हिँडेका उनको शव मोरिस काउन्टी अभियोजक कार्यालयले भेटेर पहिचान सार्वजनिक गरेको हो । उक्त समाचार स्थानीय प्याच डटकममा प्रकाशित भएको छ ।

साह गत जनवरी १८ देखि हराइरहेको उनका दाइ शिव साहले जानकारी दिए । शाह विगत साढे २ वर्षदेखि ड्रु विश्वविद्यालयमा अध्ययनरत थिए । उनका दाजु पनि अमेरिकाकै टेक्ससमा बसोबास गर्दै आएकाले उनी भाइको खोजीको लागि टेक्ससबाट न्युजर्सी आएका थिए ।

२२ वर्षीय साहको गत सोमबार उनको शवको पहिचान भएको र शव ब्रुकलिनको एङ्कोरेज नहरमा फेला परेको जनाइएको छ । अनुसन्धानकर्ताका अनुसार न्यू जर्सीबाट उनी न्यूयोर्कको पेन स्टेसनको लागि चढेको खुलासा भएको छ । गत मार्चमा सडक र अन्य स्थानमा जडान भएका सिसि क्यामरामा पाइएका प्रमाणबाट उनले ब्रुकलिनको पुलमा आफू साथ क्यामरा भिरेको देखिएको थियो ।

अभियोगको कार्यालयले सोमबार थप प्रमाणहरूको खोजी नगरुन्जेलसम्म उनी बेपत्ता भएको विषयलाई रहस्यमयी हिसाबले हेरिएको थियो । अधिकारीहरूले मार्च ९ मा उनको शव एङ्कोरेज नहरमा फेला पारेका हुन् ।

गत अप्रिल २५ मा न्यू योर्क प्रहरी विभागले मोरिस काउन्टीको हराइरहेको व्यक्ति बारे इकाईलाई सूचित गरेको थियो । बेपत्ता भएका अजय शाहलाई अन्तिम पटक न्युजर्सीको नेवार्क-पेन स्टेसनमा राती ११:३७ मिनेट, जनवरी १९,२०२१ को दिनसम्म देखिएको थियो । अझ पनि शव परिवारलाई हस्तान्तरण गरिएको छैन ।

अमेरिकाका एक व्यक्तिले सवा ४ किलोको आँप फलाए यी जोडीले, राखे गिनिज बुक अफ वर्ल्ड रेकर्ड:सवा ४ किलोको आँप फलाए यी जोडीले, राखे गिनिज बुक अफ वर्ल्ड रेकर्ड काठमाडौं – नेपालको अधिकांश भूभागमा पाइने फल हो आँप । फलको राजा भनेर चिनिने आँप हाम्रो गाउँघरमा सिजनमा सजिलै पाइन्छ ।

हाम्रो गाउँघर बजारमा पाइने आँपको तौल बढीमा आधा केजीसम्मको हुने गर्छ । त्यो भन्दा बढी तौलको हामिले पक्कै देखेका छैनौ । तर अमेरिकामा एक व्यक्तिले ४ किलोको आँप फलाएका छन् ।सुन्दा अचम्म लाग्ला, उक्त ४ किलोको आँपले गिनिज बुक अफ वर्ल्ड रेकर्ड पनि राखेको छ । यो अनौठो रेकर्ड आफुहरुले राख्न पाउँदा ती व्यक्ति निकै खुशी छन् ।

त्यो आँप दक्षिण अमेरिकी मुलुक कोलम्बियामा फलेको हो । गुआयाटामा बस्ने जम्र्यान ओर्लान्डो नोभा र उनकी पत्नी रेइया मारियाले उक्त आँप फलाएका हुन् ।संसारकै सबैभन्दा ठूलो ४ किलो २५० ग्राम रहेको उक्त आँप देखेपछि धेरै चकित परे । म्र्यान ओर्लान्डो नोभाले आफुले फलाएको ठुलो आँप उपस्थित अधिकारीहरुलाई चखाए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *