काठमाडौं – दक्षिण कोरियाले नेपाललाई स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ । नेपालको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि गैरआवासीय नेपाली सङ्घ९एनआरएनए०, राष्ट्रिय समन्यव परिषद् दक्षिण कोरियाको पहलमा नेपाललाई स्वास्थ्य सामग्री सहयोग हुन लागेको हो ।
एनआरएनए दक्षिण कोरियाले एक विज्ञप्ति जारी गर्दै दक्षिण कोरियाले तत्काल दुई लाख अमेरिकी डलर बराबरको स्वास्थ्य साम्रगी सहयोग गर्ने जानकारी गराएको हो ।
एनआरएनए कोरियाका तर्फबाट अध्यक्ष यज्ञराज सुवेदी र महासचिव डा विमल सुवेदीले विभिन्न मितिमा दक्षिण कोरियाका सांसद तथा नेपाल दक्षिण कोरिया संसदीय समितिका सभापति इ साङ्ग ह्युन र दक्षिण कोरिया सत्तारूढ दलको प्रवासी सरोकार तथा योजना निर्माण प्रमुख तथा सांसद खो यङ् यिनलाई भेट गरी कोरिया सरकारका तर्फबाट आवश्यक सहयोगको अपेक्षासहित अनुरोध गरेका थिए ।
उक्त अनुरोधलाई स्वीकार गर्दै दक्षिण कोरिया सरकारले आकस्मिक सहयोगका रूपमा दुई लाख डलर बराबरको स्वास्थ्य साम्रगी सहयोग गर्ने निर्णय गरेको हो ।
Views: 0