कोरोना फैलनुअघि नै चिनियाँ ल्याबका शोधकर्ता बिरामी परेको अमेरिकी दाबी

२०७८ जेष्ठ १३, बिहीबार ०६:४४ गते २०७८ जेष्ठ १३, बिहीबार ०६:४४ गते २०७८ जेष्ठ १३, बिहीबार ०६:४४ गते

विश्वमा कोरोना महामारी फैलनुअघि नै चीनको वुहानस्थित ल्याबका तीन शोधकर्ता बिरामी परेको अमेरिकाले दाबी गरेको छ। त्यहाँको एक खुफिया प्रतिवेदनलाई आधार बनाउँदै वालस्ट्रीट जर्नलले यस्तो दाबीसहित खबर सार्वजनिक गरेको हो।

चीनको वुहानमै सबैभन्दा पहिले कोरोना भाइरस संक्रमण मामिला फेला परेको थियो। सन् २०१९ नोभेम्बर अर्थात कोरोना महामारी फैलनुभन्दा एक महिनाअघि नै त्यहाँका तीन शोधकर्ता बिरामी परेका र अस्पतालबाट उपचार सहयोग मागेको सो जर्नलले दाबी गरेको छ।

अमेरिकाले तयार पारेको सो खुफिया प्रतिवेदनमा वुहानस्थित एक ल्याबमा बिरामी परेका चिनियाँ शोधकर्ताहरूको संख्या, उनीहरू बिरामी परेको समय र अस्पताल गएको लगायत विस्तृत जानकारी समावेश गरिएको छ।

अमेरिकाले कोरोना महामारी चीनबाटै फैलिएको आरोप लगाउँदै आएको छ। पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले त कोरोना भाइरसलाई चिनियाँ भाइरस संज्ञा दिएका थिए।

यो खुफिया रिपोर्ट सार्वजनिक भएसँगै कोरोना महामारी चीनबाटै फैलिएको भन्ने अमेरिकी तर्कमा बल पुग्ने र अनुसन्धान थप सहज हुने वालस्ट्रीट जर्नलमा लेखिएको छ।

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना भाइरसको उद्गमस्थलबारे थप जाँच गर्ने चर्चा भइरहँदा अमेरिकी खुफिया रिपोर्टबारे समाचार सार्वजनिक भएको हो।
अमेरिकी सुरक्षा परिषदका प्रवक्ताले भने वालस्ट्रीटको यो खबरबारे कुनै टिप्पणी गरेका छैनन्।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *