कोरोनाका कारण दिन हु दिन मानिसहरूले अकालमा ज्यान गुमाउन बाध्य बनेका छन् l सत्ता र कुर्सीको लागी हानथाप गर्ने नालायक नेताहरूले कोरोना रोकथामको लागी अचुक औषधि लकडाउन बाहेक अन्य केही उपाय निकालेका छैनन् l अक्सिजन अभावका कारण एकातिर मानिसहरूको मृत्यु दर बढ्दो छ भने अर्कातिर लकडाउनका कारण व्यापार व्यवसाय र देशको अर्थतन्त्र खस्किँदै गइरहेको छ l जनताले आफ्नो धैर्यताको सीमा तोड्दै गइरहेका छन् भने देशको हालत यस्तो बनाउने नालायक सरकार माथि आक्रोश पोखी रहेका छन् l सबैको एउटै प्रश्न छ , यो देशमा किन जन्म लिए होला ?
देशकोहालत देखेर अभिनेत्री निता ढुङ्गानाको मस्तिष्कमा पनि यही प्रश्न खडा भएको छ l उनी आफैँलाई प्रश्न गर्दै लेख्छिन् l मेरो देश मेरो गौरव भनेर सोच्ने मान्छे म, आज म किन यो देशमा जन्मिएँ होला जस्तो लागिरहेको छ । मेरो देशले मेरो रक्षा गर्न सक्दैन भन्ने कुरा आज आएर थाहा पाएँ । कोरोनाको विरुद्ध संसार लडिरहँदा मेरो देशले मलाइ झन् लात हान्छ भन्ने कुरा आज आभास भयो । यो कठिन अवस्थामा जनताको लागि लड्नुपर्ने तर यहाँ त लडाइ कुर्सीको लागि भइरहेको छ । समयमा अस्पतालमा उपचार नपाएर आज मैले मेरो नजिकको अग्रज गुमाएँ ।सायद समयमा नै आइसियुको व्यवस्थापन भएको भए र समयमा नै अक्सिजन पाएको भए कसैले पनि अल्पायुमा ज्यान गुमाउनु पर्दैन थियो होला । हार्दिक श्रद्धाञ्जली बुवा, हजुरको वैकुण्ठमा बास होस् lउनले कलाकार हरिहर अधिकारीका पिताको निधनपछि मनको भावना व्यक्त गरेकी हुन् ।करिब एक वर्षदेखि हरिहर र निता एक अर्काको प्रेममा छन् l
Views: 0