साउदीमा बढ्न थाल्यो संक्रमण, नेपाली नागरिकलाई यथाशीघ्र खोप अभियानमा समावेश हुन अनुरोध

२०७८ जेष्ठ १३, बिहीबार ०८:५० गते २०७८ जेष्ठ १३, बिहीबार ०८:५० गते २०७८ जेष्ठ १३, बिहीबार ०८:५० गते

काठमाडौं, ६ जेठ : नेपालीको श्रम गन्तव्य देश साउदी अरबमा कोरोना संक्रमण फेरि बढ्न थालेको छ । संक्रमण दर घट्दै गएको साउदीमा झण्डै ९ महिनापछि पुन बढ्न थालेको साउदीको स्थानीय सञ्चार माध्यम अरब न्युजले उल्लेख गरेको छ । इस्लाम धर्मावलम्बीको महान् चाड इद मनाएको एक हप्तापछि नै कोरोनाको संक्रमण दर दैनिक एक हजारले बढेको हो ।

(हिजो) बुधबार साउदीमा एकै दिन १२ सय १३ जनामा कोरोना संक्रमण देखिएको छ । यही संक्रमण दर २० अगस्ट २०२० मा थियो । झण्डै ९ महिनापछि साउदीका विभिन्न ठाउँहरूमा एक सयभन्दा बढी कोरोनाको केशहरू भेटिएको छ । मक्कामा ३४९ जना नयाँ संक्रमित थपिएका छन् भने रियादमा ३३४, पूर्वी भेगमा १४८ र मदिनामा १०४ नयाँ केश भेटिएको हो ।

अहिलेसम्म साउदीमा ४ लाख ३६ हजार २३९ जनामा संक्रमण पुष्टि भएको त्यहाँको स्वास्थ्य मन्त्रालयको तथ्याङ्क छ । साउदीले पछिल्लो समय कोरोना विरुद्धको खोप अभियानलाई तीव्र बनाएको छ । मोबाइल एप्लिकेशनमार्फत अग्रिम दर्ता गराई मिति र समय तोकी निःशुल्क खोप प्रदान गरिरहेको छ । साउदीमा कार्यरत नेपाली नागरिकलाई पनि यथाशीघ्र खोप अभियानमा समावेश हुन त्यहाँ रहेको नेपाली दूतावासले अनुरोध गरेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *