कोरोना महामारीमा यी ५ खानेकुराले बढाउँछ रोग प्रतिरोधात्मक क्षमता

२०७८ जेष्ठ १३, बिहीबार १६:११ गते २०७८ जेष्ठ १३, बिहीबार १६:११ गते २०७८ जेष्ठ १३, बिहीबार १६:११ गते

कोरोना महामारीमा यी ५ खानेकुराले बढाउँछ रोग प्रतिरोधात्मक क्षमता काठमाडौँ । विश्वभर फैलिएको कोरोनाबाट बच्नका लागि रोग प्रतिरोधात्मक क्षमता बढाउन जरुरी छ । रोगसँग लड्ने क्षमता कमजोर भयो भने कुनै पनि रोगले छिट्टै आक्रमण गर्छ।

रोगसँग लड्ने क्षमता बलियो भयो भने कोरोना जस्ता भाइरससँग शरीरले सजिल्यै लड्न सक्छ। यसका लागि हाम्रो भान्सामा सजिल्यै उपलब्ध हुने विभिन्न खानेकुराहरूको बढी प्रयोग गर्न सकिन्छ।

पुदीना
यसको पातमा भिटामिन सी, फस्फोरस र क्याल्सियम पाइन्छ । यसले हाम्रो रोग प्रतिरोधात्मक क्षमता बलियो बनाउँछ।

च्याउ
च्याउमा भिटामिन डी लगायत थुप्रै पोषक तत्वहरु हुन्छन्। यो स्वास्थ्यका लागि फाइदाजनक हुन्छ। रोग प्रतिरोधात्मक क्षमता बढाउन खानामा च्याउ मिसाउनुपर्छ।

नरिवलको तेल
खाना बनाउनका लागि प्रयोग गरिने तेलहरुको सट्टामा नरिवलको तेलको प्रयोग गर्ने गर्नुपर्छ। नरिवलको तेलको सेवनले शरीरलाई फाइदा मात्रै पुग्दैन यसले शरीरलाई विभिन्न रोगसँग लड्न पनि मजबुत बनाउँछ।

ब्रोकाउली
ब्रोकाउलीलाई सलाद, तरकारी र सुपको रुपमा प्रयोग गर्न सकिन्छ। यसमा भिटामिन, एन्टि अक्सिडेन्ट जस्ता गुणहरू पाइने भएकाले यसले शरीरलाई मजबुत बनाउँछ।

पालक
पालकमा आइरन, भिटामिन र फाइबर पाइन्छ। यसले रोग प्रतिरोधात्मक क्षमतामा पनि बिकास गर्छ। पालकलाई तरकारी, सुप, सलाद र जुसको रुपमा खान सकिन्छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *