जापानमा फेरि अर्का नेपाली युवाको निधन

२०७८ जेष्ठ १३, बिहीबार १६:५० गते २०७८ जेष्ठ १३, बिहीबार १६:५० गते २०७८ जेष्ठ १३, बिहीबार १६:५० गते

साइतामा ।जापानको साइतामा प्रान्तमा एक नेपाली युवा मृ’त अवस्थामा फेला परेका छन ।निधन भएको केही दिनपछी मृ’त अवस्थामा फेला परेका कारण शब केही बिग्रिएको अवस्थामा रहेको बताइएको छ ।अन्दाजी ३५ बर्षका पाण्डे थरका उनको नेपाल घर नवलपरासी बर्दघाट भएको खुल्न आएको छ ।

निधन बारेको जानकारी मे २७ तारिख बिहीवार बिहानमात्र खुलेको हो । निधन भने केहीदिन अघिनै भएको पाइएको प्रहरीले बताएको छ । हाल शब पोस्टमार्टमको लागि प्रहरीको नियन्त्रणमा रहेको बुझिएको छ ।मृ’तक पाण्डेको शव उनी बस्दै आएको साइतामा तोकोरोजावा स्थित कोठामा फेला परेको हो ।

निधन भएका पाण्डे एक महिना अघिमात्र नेपालबाट फर्किएर क्वारिन्टिन पछि काममा नगइ कोठामानै रहंदै आएको बुझिएको छ । पाण्डेको निधनबारे एकिन कारण भने केही खुल्न सकेको छैन ।केही दिन अघिमात्र गुन्मा प्रान्तमा गुरुङ थरका एक युवा मृ’त भेटिएका थिए ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed