अष्ट्रेलियामा एक हप्ता लकडाउन : यस्तो छ मोडालिटी

२०७८ जेष्ठ १३, बिहीबार १७:२४ गते २०७८ जेष्ठ १३, बिहीबार १७:२४ गते २०७८ जेष्ठ १३, बिहीबार १७:२४ गते

१३ जेठ, काठमाडौं । अष्ट्रेलियाको भिक्टोरिया राज्यमा बिहीबार मध्यरातिबाट लागू हुने गरी एक साता लकडाउन घोषणा गरिएको छ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण नियन्त्रणका लागि भन्दै भिक्टोरिया राज्य सरकारले लकडाउनको घोषणा गरेको हो ।अहिलेसम्म भिक्टोरियामा कोरोनाका २६ नयाँ संक्रमित फेला परेका छन् ।

साथै उनीहरुबाट कोरोना संक्रमण सर्न सक्ने १५० स्थानको पहिचान गरिएको छ । भिक्टोरियामा कोरोना संक्रमण देखिएसँगै मानिसहरुमा चिन्ता बढेको छ । गत वर्ष भिक्टोरियामा कोरोना संक्रमण फैलिएसँगै निकै कडा लकडाउन लागू गरेर संक्रमण नियन्त्रण गरिएको थियो ।

भिक्टोरियाका कार्यवाहक प्रिमियर जेम्स मर्लिनोले पछिल्लो समय भिक्टोरियामा भेटिएका संक्रमितमा भारतमा देखिएको भेरियन्ट (बी.१.६१७) पनि देखिएको बताएका छन् । यो भेरियन्ट निकै संक्रामक रहेको उनको भनाइ छ । अहिले भेटिएका संक्रमित ठूला कार्यक्रमहरुमा सहभागी भएको पाइएको छ । ती कार्यक्रममध्ये एक मेलवर्नको स्टेडियममा भएको फुटबल खेल पनि हो ।

मर्लिनोले अझै केही समय पर्खिने हो भने कोरोना महामारी नियन्त्रणभन्दा बाहिर जाने बताएका छन् । अहिले घोषणा गरिएको लकडाउनसँगै अब भिक्टोरियामा अत्यावश्यक काम, किनमेल, शारीरिक अभ्यास, स्वास्थ्य सेवा वा खोप लगाउने बाहेकको कामका लागि बाहिर जान पाइने छैन ।आवश्यक परेर बाहिर निस्किँदा पनि मास्क अनिवार्य गरिएको छ ।एजेन्सीको सहयोगमा

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed