हर्दिक बधाई तथा शुभकामना हिमानी ट्रष्टलाई 🙏 नेपाललाई खोप दिन अमेरिकी सांसदहरुसँग हिमानी ट्रष्टको लबिङ

२०७८ जेष्ठ १३, बिहीबार १९:२३ गते २०७८ जेष्ठ १३, बिहीबार १९:२३ गते २०७८ जेष्ठ १३, बिहीबार १९:२३ गते

वासिंगटन डिसी । पूर्वयुवराज्ञी हिमानी शाहको नाममा उनकै नेतृत्वमा चलेको हिमानी ट्रष्टको अमेरिकास्थित कमिटीले नेपालमा कोरोनाको खोप अनुदानमा लैजान अमेरिकी सांसदहरुसँग लबिङ गर्दै अमेरकी सरकारलाई दवाव दिएको छ।

मे २१ तारिख शुक्रबार हिमानी ट्रष्ट अमेरिकाका अध्यक्ष हरि शर्माको समन्वयमा सिनेटर मार्क वार्नरसँग भेट गरी नेपाललाई ७० लाख खोप उपलब्ध गराउनेबारेको स्मरण पत्र बुझाइएको थियो।

सिनेटर वार्नर डेमोक्रेटिक पार्टीका प्रभावशाली नेता मानिन्छन्। भेटमा हिमानी ट्रष्ट, अमेरिकाका तर्फबाट मोहन निरौलाले नेपालमा खोप पुर्याउनका लागि हालसम्म भएका गरिएका प्रयासहरुबारे सिनेटर वार्नरलाई जानकारी दिँदै पार्टीका तर्फबाट पनि ह्वाइटहाउसलाई दवाव दिन आग्रह गरेका थिए।

निरौलाले डिसी नेपाललाई दिएको जानकारीअनुसार, सिनेटर वार्नरले नेपालका लागि यो कठिन परिस्थितिमा सक्दो सहयोग गर्ने बचन दिँदै आफ्नो कार्यालयलाई हिमानी ट्रष्टसंग निरन्तर सम्पर्कमा रहन निर्देशनसमेत दिएका छन्। पछिल्लो भेटमा अन्य नेपाली प्रतिनिधिहरु बिमला निरौला, मधु पन्थी र प्रभा देउजाको समेत उपस्थिति थियो।

ट्रष्टले अमेरिकाबाट खोप र भेन्टिलेटरहरु सकेसम्म चाँडो नेपाललाई उपलब्ध गराउन प्रयास गर्दै आएको बताउँदै निरौलाले अमेरिकाका विभिन्न तहमा निर्वाचित जनप्रतिनिधिहरुसँग प्रत्यक्ष भेटघाट तीब्र पारेको जानकारी दिए।

उनका अनुसार, अमेरिकी काँग्रेसमा नेपाल ककसका को चेयर तथा सदस्यहरु साथै सिनेटका सदस्यहरुलाई नेपालमा बढिरहेको संक्रमणका बारेमा जानकारी गराउन भेटघाटका लागि अनुरोध गरिएकोमा अमेरिकी तल्लो सदन हाउसका सदस्य तथा नेपाल ककसका अध्यक्ष कंग्रेसम्यान गेरी कन्नोलीको कार्यालयलाई ब्रिफिंग गरिएको थियो।

उनको कार्यालयमार्फत अमेरिकी संसद र सरकार लागि नेपाललाई परेको कठिनाइमा सहयोग गर्न लिखित प्रस्तावसमेत पठाइएको निरौलाले बताए। ट्रष्टले जोन्सोन एण्ड जोन्सोनको खोप नेपाल पठाउनेबारे प्रस्ताव गरेका छ।

यही प्रस्तावअनुसार मे १९ मा अमेरिकी कंग्रेसमा सांसद गेरीले भारतलाई सहयोग गर्न प्रस्ताव गर्दा नेपाललाई पनि सहयोग गर्न संशोधन प्रस्ताव पेश गरेको जानकारी आएको निरौलाले बताए। सांसद गेरीको सचिवालयले सो संशोधन प्रस्ताव कंग्रेसबाट पारित भएको जानकारी ट्रष्टलाई दिइसकेको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed