साबिक बमोजिम किराना पसल खोल्ने व्यवस्था मिलाउन चेम्बरको माग

२०७८ जेष्ठ १३, बिहीबार १९:३० गते २०७८ जेष्ठ १३, बिहीबार १९:३० गते २०७८ जेष्ठ १३, बिहीबार १९:३० गते

काठमाडौ- नेपाल चेम्बर अफ कमर्शले साबिक बमोजिम किराना पसल खोल्न दिनुपर्ने माग राखेको छ । विहिवार विज्ञप्ती जारी गर्दै चेम्बरले आफनो धारणा सार्वजनिक गरेको हो । चेम्बरद्वारा जारी विज्ञप्तीमा भनिएको छ ’नेपाल सरकार गृह मन्त्रालय काठमाण्डौका प्रमूख जिल्ला अधिकारीबाट, नयाँ भेरियण्टको कोभिड१९ महामारीको संक्रमण तीव्र रुपमा वढि रहेको हुंदा उक्त संक्रमण रोकथाम तथा नियन्त्रणका लागि हालै जारी भएको विज्ञप्ती सम्वन्धमा नेपाल चेम्वर अफ कमर्सको ध्यानाकर्षण भएको छ’ ।

उक्त विज्ञप्तीमा किराना पसलहरु वन्द गर्ने व्यवस्थाले दैनिक रुपमा खरिद गरी उपभोग गर्ने न्युन आय भएका सर्वसाधारण उपभोक्ताहरुलाइ यस व्यवस्थाले मर्कापर्ने जनाउदै भनिएको छ ’किराना पसलहरुमा खाद्यान्न, किराना सामान, दूध, पानी तथा तरकारी पनि बिक्री हुने भएकोले किराना पसल वन्द गरिदा अति आवश्यक उपभोग्य वस्तुहरु सर्व साधारणलाइ सुलभ आपूर्ति नहुने भएकोले तोकिएको मापदण्डको भौतिक दूरी कायम गरी सुरक्षाका समस्त मापदण्ड कडाइका साथ लागूगर्ने व्यवस्था गरी साबिक बमोजिम किराना पसल खोल्ने व्यवस्थाका लागि सम्वन्धित निकाय समक्ष नेपाल चेम्वर अफ कमर्स अनुरोध गर्दछ’ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You missed