कहाँबाट आयो प्रधानमन्त्री पत्नी राधिकासँग यति धेरै सम्पत्ति? भक्तपुरदेखि झापासम्म जग्गा कति छ जग्गा ?

२०७८ जेष्ठ १४, शुक्रबार ०५:५४ गते २०७८ जेष्ठ १४, शुक्रबार ०५:५४ गते २०७८ जेष्ठ १४, शुक्रबार ०५:५४ गते

नेपालमा अधिकांश नेताहरूका श्रीमती ‘धनी’ हुन्छन्। नेताहरू चाहिँ आर्थिक रुपमा विपन्न। कसरी? जति–जे सम्पत्ति हुन्छ, त्यो श्रीमतीको नाममा राखेपछि अख्तियारले देख्दिैन।

अख्तियारले खोजी हाले श्रीमतीले कमाएको भनिदियो, सकियो। प्रधानमन्त्री केपी शर्मा ओलीको पनि त्यस्तै अवस्था देखिएको छ। प्रधानमन्त्री भएपछि ओली हरेक दिनजसो अलग–अलग पोसाकमा देखिन्छन्।

तर, श्रीमतीभन्दा गरीव छन् प्रधानमन्त्री ओली। यसैबीच, ओली नेतृत्वको सरकारमा मन्त्रीहरूले गतमहिना प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सम्पत्ति विवरण बुझाएका छन्।

एमाले अध्यक्ष समेत रहेका ओलीकी श्रीमतीको नाम सम्पत्ति छ। प्रधानमन्त्री ओलीको नाममा जग्गा जमीन छैन। उनको सम्पत्ति विवरण अनुसार तलबभत्ता वापतको ४२ लाख रुपैयाँ एभरेष्ट बैंक लिमिटेडमा रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ।श्रीमती राधिका शाक्यको नाममा भक्तपुरदेखि झापासम्म जग्गा रहेको उल्लेख गरिएको छ। भक्तपुरको सूर्यविनायक–२ मा डेढ रोपनी जग्गामा २ तीन तले घर पनि राधिकाकै नाममा रहेको छ।

तेह्रथुममा जन्मिएका ओलीको बसाई झापाको पृथ्वीनगरमा थियो। तर, त्यहाँ उनले जग्गा किनेनन्। राधिकाको नाममा १० कठ्ठा जग्गा, १८ तोला सुन, प्रभु बैकमा ६ लाख रुपैयाँ र माछापुच्छ्रे बैंकमा ४ लाख रुपैयाँ रकम पनि राधिकाकै काममा रहेको छ।

राधिकाकै नाम २५ लाख रुपैयाँ बराबरको शेयर रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ। सम्पत्ति विवरणमा ओली पत्नी राधिकाले आफै कमाएको अर्थात् स्वआर्जन भनिएको छ।

नेपाल राष्ट्र बैंकको निर्देशक पदबाट अवकाशप्राप्त प्रथम श्रेणीकी अधिकृत शाक्यले भक्तपुरदेखि झापासम्म कहिले जग्गा किनिन् भन्ने विषय उल्लेख छैन। यद्यपि, प्रधानमन्त्री पत्नीसँग यति सम्पत्ति हुनु कुनै नौलो विषय नभएकाे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्काे कार्यालयका एक अधिकृत बताउँछन्।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *