काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘एसियाको भविष्य’का नेताको रुपमा छनौट गरेको छ । जापानको राष्ट्रिय दैनिकले आफ्नो फ्रण्ट पेजमा एसियाको भविष्य निर्माणका १० नेताको छनौट गरेको छ ।
२६औं अन्तर्राष्ट्रिय सम्मेलनका लागि नेपालका प्रधानमन्त्री ओलीलाई ८औं नम्बरमा छनौट गरेको छ । दरिलो लिडरसिपले नै देश माथी लैजाने हो । जापानको राष्ट्रिय दैनिकले फ्रण्डपेजमै द फ्युचर अफ एसिया शिर्षकमा
प्रधानमन्त्री ओलीलाई पाकिस्तानका प्रधानमन्त्री ईमरान खान भन्दा अगाडि राखेको छ । एसियाको भविष्यका नेता छानिनु देशकै गौरव हो भने विकास र समृद्धिको बाटोमा देश अगाडी बढेको सुभ संकेत पनि हो ।
विश्वका शक्तिशाली मुलुकहरुले समेत नेपालको नेतृत्वको बारेमा प्रशंसा गरिरहेको समयमा नेपालका राजनीतिक दल भने राजनीतिक खिचातानीमा नै व्यस्त रहेका छन् । एसियाकै भविष्य निर्धारणका मुख्य पात्रको रुपमा परिचित हुँदै जानुभएका प्रधानमन्त्री ओलीको विरुद्धमा माओवादी केन्द्र तथा नेपाली कांग्रेस भने वर्तमान ओली नेतृत्वको सरकार ढालेर मुलुकलाई पुनः कालो बादलतिर धकेल्ने प्रयास गरिरहेका छन् ।
यो यस्तो परिवार जसका एकै कोखका ६ छोरी पीएचडी प्राप्त वैज्ञानिक भए : कोही अमेरिका, कोही अष्ट्रेलियाका सरकारी जागिरे:काठमाडौं । आजका दिनमा केही कम भएको भए पनि हाम्रो समाजमा छोरीहरू बोझ हुन भन्ने मान्यता रहेको छ । तर ढुक्क हुनु भए हुन्छ छोरीहरु कहिल्लै तपाईंका लागि बोझ हुँदैनन् । छोरीहरुलाई पनि छोरालाई झैं पढ्ने, लेख्ने र अगाडि बढ्ने मौका दिनुहोस्, त्यसपछि हेर्नुहोस् कि शिक्षा र कडा परिश्रमले तपाईंको छोरीले सफलताको नयाँ कथा लेख्न समय लगाउने छैनन् ।
आज हामी त्यस्तै एक परिवारका बारेमा चर्चा गर्न गइरहेका छौँ । यसको एउटा उदाहरण जगदेव दहियाको परिवार हो । भारत, हरियाणाको सोनीपत जिल्लाको मदना गाउँ निवासी जगदेव दहियाकी छ छोरीहरू छन् । सबैको हातमा पीएचडी डिग्री छ । सबै छोरीहरु वैज्ञानिकहरू हुन् । ६ जना छोरी मध्ये ५ जनाले सरकारी जागिर खाइरहेका छन् । तीमध्ये चार छोरी क्यानाडा र संयुक्त राज्य अमेरिकामा कार्यरत छन् ।
सन् २००६ मा सेवानिवृत्त वन इन्डिया हिन्दीसँग कुरा गर्दै जगदेव दहियाले आफु हरियाणा शिक्षा विभागमा कार्यरत भएको जानकारी गराएका छन् । उनी सन् २००६ मा प्रधानाध्यापकको रूपमा सेवानिवृत्त भएका हुन् । जगदेव र उनकी श्रीमती ओमवतीका छ छोरी र एक छोरा छन् । उनीहरुले आफ्ना सबै ७ बच्चाहरूलाई सिकाउने र शिक्षा दिने निर्णय गरे।
मजाक उडाउनेहरु गौरव गर्छन् जगदेव दहिया भन्छन्, ‘कहिलेकाँही समाज र आफन्तहरु छोरीहरुतर्फ हेर्दै मजाक उडान खोज्थे । छोरीहरुलाई किन धेरै पढाउँदै छौँ, के अधिकारी बनाउने विचार छ ? भनेर छोरीहरुको समयमा नै विवाह गर्दिन दबाब दिने गरेका थिए । तर उनले समाज र आफन्तको कुरा नसुनेर आफ्ना छोरीहरुको कुरामा ध्यान दिएका थिए । जगदेवका अनुसार अब छोरीहरू वैज्ञानिक भएर विदेशमा काम गरिरहेका छन् । अहिले तिनै आफन्त र गाउँलेहरु छोरीहरुको सफलतामा गर्व गरिरहेको जगदेवले बताए ।
जगदेवका छोरीहरु:१, डा. संगीता सिंह : जेठी छोरी संगीताले भौतिक विज्ञानमा पीएचडी गरेकी छन् । अहिले उनी जीवीएम कलेज, सोनीपतमा सहायक प्राध्यापकको रूपमा कार्यरत छिन् । उनले महाप्रयोग परियोजनामा पनि योगदान दिइसकेकी छिन् । यस बाहेक, उनी अमेरिका र अष्ट्रेलियामा दुई पटक अन्तर्राष्ट्रिय स्तरका सम्मेलनहरूमा भाग लिन गइसकेकी छिन् । ति सम्मेलनहरुमा संगीताको शोध पत्रमा छलफल पनि गरिएको छ । संगीताको विवाह रितल गाउँका सुरेन्द्र सिंहसँग भएको छ । पति सुरेन्द्र आईएफएफकेओ टोकियोमा काम गर्दछन् ।
२, डा. मोनिका सिंह : माइली छोरी मोनिकाले जैविक विज्ञानमा पीएचडी गरेकी छिन् । हाल मोनिका सिंह क्यानाडाको टोरन्टो राजीव दादरी निवासी पति पवन सांगवानसँग स्पेयर पार्ट्सको व्यवसाय सम्हाल्छिन् । यस अघि उनी टोरन्टोमा सरकारी काममा अनुसन्धान गर्थिन् । उनले आफ्नो व्यवसायको लागि काम छोडेकी थिइन् ।
३, डा. कल्पना दहिया : साइली छोरी कल्पनाले गणित विषयमा पीएचडी गरेकी छिन् । हाल युआईटी चन्डीगढमा सरकारी प्रोफेसरको रूपमा अनुसन्धान गर्दै आएकी छिन् । क्यानाडा र अमेरिकाको अन्तर्राष्ट्रिय सम्मेलनमा पनि उनको शोध पत्रमाथि छलफल गर्ने गरिएको छ । उनका पति डा. अनुज चन्डीगढको पञ्जाब विश्वविद्यालयमा कम्प्युटर प्रोफेसर छन् ।
४, डा. नीतू दहिया : काइली छोरी नीतू अमेरिकामा खाद्य एवं औषधि विभागमा काम गर्छिन् । उनी पति सीए राहुल बोहरासँगै वाशिङ्गटन डीसीमा बस्दै आएकी छिन् । सन् २००६ मा, उनले अमेरिकामा सरकारी जागिर पाएकी हुन् । उनका पति राहुल उदयपुर, राजस्थानका हुन् ।
५, डा. डेजी दहिया : जगदेवकी ठाँईली छोरी पनि गणित विषयमा पीएचडी धारक हुन् । फिल बार यूएसए वाशिङ्टन डीसीको इन्स्टीट्यूट अफ हेल्थमा खोजकर्ताको रुपमा काम गर्दै आएकी छिन् । तपाईंलाई जानकारी गराउ कि डेजी अझै अविवाहित छिन् ।
६, डा. रुचि दहिया : कान्छी छोरी रुचि दाहिया पनि ठूली दिदीबहिनीको पदमार्गमा छिन् । उनी अमेरिकाको एरिजोना राज्यमा अनुसन्धान गरिरहेकी छिन् । अविवाहित रुचिले पनि गणित विषयमा पीएचडी गरेकी छिन् ।
विदेशमा कसरी पुगे छोरीहरु : जगदेवका अनुसार मोनिका सिंह विवाह पछि आफ्नो पतिसँग क्यानडा गईन्, त्यहाँ उनलाई सरकारी जागिर मिल्यो । अन्य छोरीहरूले हरियाणामा बस्दा अनलाइन आवेदन दिएर सरकारी जागिर पाएका हुन् ।जागिरपछि उनीहरु भारतबाट अमेरिका, क्यानडा सरेका हुन् । जगदेवलाई आफ्ना छोरीहरुमाथि गर्व छ । छोरीहरूको पढाई स्कूल कलेज पढ्दा देखि नै धेरै राम्रो थियो । मोनिका, कल्पना, नीतु, डेजी र रुचि दोस्रो स्थानमा आउँने गर्थे ।
जगदेव दहिया हरियाणाको च्याउम्यान :जगदेव दहिया एक उत्कृष्ट शिक्षकको साथसाथै हरियाणाका एक चर्चित च्याउ खेती गर्ने व्यक्ति पनि हुन् । उनीहरूको दाबी छ कि हरियाणामा च्याउ खेती उनीहरूको पेशा हो । सन् १९८० देखि जगदेवले हरियाणामा च्याउ खेती गर्न थालेका हुन् ।हिमाचल प्रदेशको सोलनबाट च्याउ खेतीको प्रशिक्षण लिएर आएपछि हरियाणामा किसानहरूलाई प्रशिक्षण पनि दिन थालेका छन् । उनी १९९२ देखि १९९८ सम्म भारतको च्याउ संस्थानका उपाध्यक्ष पनि रहेका थिए ।
Views: 0