यिनै हुन् नेपाली चेली रेबेका राई बनिन् बेलायतको सफल वकिल

२०७८ जेष्ठ १४, शुक्रबार १३:२५ गते २०७८ जेष्ठ १४, शुक्रबार १३:२५ गते २०७८ जेष्ठ १४, शुक्रबार १३:२५ गते

नेपाली छात्रा बेलायतको सोलिसाइटर्स (वकिल) बनेकी छन्। भुतपूर्व ब्रिटिश गोर्खा सैनिक परिवारकी रेबेका राई बेलायतको सोलिसाइटर्स बन्न सफल भएकी हुन्। पुर्खौली थलो खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा घर भइ गोर्खा ट्रान्स्पोर्ट रेजिमेन्ट (जिटिआर) मा २० वर्ष सैनिक सेवा पार गरेर अवकाश प्राप्त भीम राई र तारा राईकी एकल छोरी रेबेका बेलायती सोलिसाइटर्स रेगुलेसन अर्थिरिटि (एसआरए) बाट सोलिसिटर्स बनेकी हुन्।

हाल अक्सफोर्ड सायरको बानबुरी गाउँमा बस्दै आएकी रेबेका गत हप्ता मात्र एसआरएबाट सोलिसाइटर्स बनेकी हुन्। हाल ‘बाओर एन्ड बेली सोलिसाइटर्स’ बानबुरीमा कार्यरत रेबेका सोलिसाइटर्स बनेसँगै बेलायतमा नेपालीले हासिल गरेको नयाँ उचाईको सफलता र प्रगतिको पछिल्लो उदाहरण बन्न सफल भएकी छन्। १० जुलाई १९९४ मा बेलायती सैनिक अस्पताल, हङकङमा जन्मिएकी रेबेकाले सन् १९९५ मा हङकङ छाडेर ५ वर्ष काठमाडौंमा बिताइन् र उनी सन् २००० मा बेलायत पुगिन्।

रेबेकाका परिवारमा बाबु भीम, आमा तारा र दाजु जेशन राई छन्। डा. जेशन लिभरपुल युनिभर्सिटिबाट सन् २०१३ मा चिकित्सक बनेका हुन्। डा. जेसन अहिले अक्सफोर्ड युनिभर्सिटी अस्पतालमा ६ वर्षे (कोलोरेक्टल सर्जन)को तालिममा छन्। बेकाले बहुचर्चित क्विनमेरी युनिभर्सिटी लण्डनदेखि सन् २०१५ मा अंग्रजी कानुनमा (प्रथम श्रेणी) डिग्री हासिल गरेकी थिईन्। त्यसपछि सन् २०१६ मा ‘सिलभरडेल सोलिसाइटर्स’ म्यानचेस्टरमा प्यारा लिगलको तालिम लिएकी थिइन्।

सन् २०१७ मा ‘बिपिपी ल स्कूल’ लिभरपुलबाट लिगल प्राक्टिस कोर्स (एलपिसी) गरेकी उनले अर्को वर्ष सन् २०१८ मा ‘एभरशेड सोलिसाइटर्स’ बर्मिङघममा प्यारा लिगलको तालिम लिएकी छन्। लिभरपुलबाट बिजिनेसमा मास्टर्स गर्दै गरेकी रेबेकाले सन् २०१९ बाट ‘बाराट एन्ड को’ ल फर्म रेडिङदेखि दुई वर्षे ट्रेनी सोलिसाइटर्स गरेकी छन्। छोरी रेबेका सोलिसाइटर्स बनिसकेको र छोरा जेसन अक्सफोर्ड युनिभर्सिटीबाट सर्जन हुनै लाग्दा पूर्वगोर्खा सैनिक राई परिवारलाई खुसी र गौरव दुबै मिलेको छ।

दुर्गम ठाउँमा जन्मिएर देखेको सपना छोराछोरीबाट पूरा भएको पूर्वगोर्खा सैनिक भीम राईले बताए। ‘म अति अविकसित राष्ट्रको एउटा अनकन्टार गाउँमा जन्मेको मानिस हुँ। र, मैले जिन्दगीमा प्रतिष्ठित स्कूल एवं कलेजको अनुहार देख्ने अवसर कहिले पनि पाएको थिइनँ,’ राईले भने, ‘त्यसैले मसँग विश्व विजय हासिल गर्ने असंख्य सपनाहरु केही पनि छैनन् । मैले जे आशा एवं अपेक्षा गरेको थिएँ । आज त्यो सबै पूरा भएको छ । अब म मरेर गएँ भने पनि बेलायतमा मेरा छोराछोरी इज्जत र प्रतिष्ठाका साथ बाँच्ने आशा राखेको छु।’नारी खबर

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *