बेलायती फुटबलमा जमेकी नेपाली चेली

२०७८ जेष्ठ १४, शुक्रबार १६:५८ गते २०७८ जेष्ठ १४, शुक्रबार १६:५८ गते २०७८ जेष्ठ १४, शुक्रबार १६:५८ गते

कोरोनाको संक्रमणले विश्वलाई नै आक्रान्त पारिरहेको अवस्थामा एक जना नेपाली चेलीले बेलायतको भूमिमा महत्वपूर्ण उपलब्धि हासिल गरेकी छन् । व्यवसायिक खेलको अभ्यास भएको अभ्यस्त भएको लामो समय भैसकेको बेलायतमा आयोजित महिलाहरुको सुपर लिग फुटबलको सन २०२०/२१ को प्लेयर अफदि सिजन उपाधि नेपाली मूलकि खेलाडीले जितेकी छन।

भोटको आधारमा यति महत्वपूर्ण पुरस्कार प्राप्त गर्न सफल अस्मिता आले बेलायतमा परिचित व्यवसायिक फुटबल खेलाडी हुन। उनि अहिले एस्टोल भिल्ला क्लबको टिममा रक्षा पङ्तिबाट खेलिरहेकि छन।

मूल घर नेपालको तनँहुको दमौली भएकि उनी भुतपुर्व गोरखा सैनिककी छोरी हुन। उनले ८ वर्षको उमेरदेखि फुटबल क्लबमा प्रवेश गरेकी थिईन्। उनको जन्म सन २००१ को नोभेम्बर ३ तारिखमा बेलायतमा भएको थियो।

उनले बेलायतको १९ वर्ष मुनिका खेलाडीहरुको राष्ट्रिय टिममा रक्षा पङ्तिमा रहेर आफ्नो खेल कौशल देखाई सकेकि छन। यसअघि सन २०१७ र सन २०१८ मा उनले बेलायतको १७ वर्ष मुनिका खेलाडीहरुको राष्ट्रिय टिमका तर्फबाट खेलेकि थिईन। यसैगरी सन २०१८ मा उनि १८ वर्ष मुनिका राष्ट्रिय टिममा आबध्द रहेकि थिईन्। उनले सर्व प्रथम १८ वर्षको उमेरमा पहिलो पटक फुटबल क्लबसंग ब्यबसायिक सम्झौता गरेकि थिईन्।

प्रशिध्द फुटबल प्रतियोगिता प्रिमियर लिगमा खेल्नका लागि सम्झौता गर्ने उनि पहिलो नेपाली मुलकि खेलाडी बन्न सफल भईन्। उनले यसअघि सन २०१० देखि २०१८ सम्म एष्टन भिल्लाकै जुनियर टिममा रहेर खेलेकी थिईन्।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *