स्नेही काखकी आमा श्रीनेहाले आफ्नो सँस्थाको लागि खाद्यान्न अभाव भएको बताएपछि शिशिर भण्डारीको नयाँ नयाँ न्युज नेपालको भिडियोको प्रभावले लाखौं सहयोग जुटेको छ । यसबिचमा शिशिर भण्डारीले एक भिडियोमा सहयोग रकम हस्तान्तरण गरेका छन् । उनले लेखे- सडकमा अलपत्र परेका ६१ जना मनोरोगी दाजु भाई दिदी बहिनीहरु सँगै, मनोरोगी दिदी बहिनीहरुबाटै जन्मेका नानी बाबुहरु सहित ७५ जनाको जीवन रक्षाको जिम्मा लिएकी श्रीनेहा पोखरेलको सँस्था ‘नेपाल स्नेही काख’लाई दुई चरणमा गरेर २ लाख ६५ हजार ५७० रुपैंया हस्तान्तरण गर्यौं । अघिल्लो समयमा स्नेही काखमा खानेकुराकै अभाव भएको भिडियो हामीले प्रसारण गरेपछि महान सहयोगीहरुले देश तथा बिदेशबाट यो सहयोग पठाउनु भएको हो । यो अप्ठेरो समयमा अहिले स्नेही काखमा खाद्यान्नको अभाव छैन र मनारोगीहरुको उपचारका लागि सहयोग पनि जुट्दै छ ।
यो अभियानमा इजरायलबाट रिना गुरुङको पहलमा उहाँसँगै अन्य गेन्टबासी मनकारी दिदी बहिनीहरुले १ लाख रुपैंया, सहयोगी मन भएका प्रकाश आचार्य सरले अमेरिकाबाट जेठ २३ गते आउँदै गरेको आफ्नो छोराको जन्मदिनको अवसरमा रु २० हजार, पदम राईले अमेरिकाबाटै १५ हजार ६ सय ६०, जर्मनीबाट पार्वती श्रेष्ठको पहलमा ७० हजार २ सय १७ रुपैंया र अन्य सहयोगीहरुले साथ दिनु भएको हो । यसैबिच श्रीनेहा अर्को समस्यामा परेकी छिन् । उनी हस्पिटलमा भेटिएकी छिन् भिडियो हेर्नुस
Views: 0