स्वास्थ्यकर्मीलाई हात-पात गर्नु आगाडी यस्तो आरोप लगाउदै फेशबुकमा पोस्ट गरेका रहेछन रावतले

२०७८ जेष्ठ १४, शुक्रबार २०:५६ गते २०७८ जेष्ठ १४, शुक्रबार २०:५६ गते २०७८ जेष्ठ १४, शुक्रबार २०:५६ गते

काठमाडौ जेठ १४ । बिहिबार साँझ महामारीमा खटेर काम गरेका नेपालगन्ज स्थित भेरी अस्पतालमा स्वास्थ्यकर्मीलाई हात पात भएको थियो । बिरामीका आफन्तले ग म्भी र अवस्थाका विरामीको उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई आफन्तले एक्कासी हात पात गरेका थिए । पश्चिम नेपालमैं सबैभन्दा बढी संक्रमितको उपचार गरिरहेको भेरी अस्पतालमा भएको घटनाको विरोध भएको छ ।

घटनामा सं ल ग्न रहेको आरोपमा तीन जना पक्राउ परिसकेका छन् । बिरामीको मृत्यु भएपछि तुलसीपुरका मानबहादुर रावत, भरत राउत र लोकराज रावतले स्वास्थ्यकर्मीलाई हात पात गरेको बाँके प्रहरीले जनाएको छ । उनीहरु तिनैजना पक्रा उ परेको प्रहरीले जनाएको छ, अन्यको संलग्नताबारे पनि अनुसन्धान भइरहेको छ । उनले गरेको पोस्ट हेर्नुहोस

गृह प्रवक्ता दाहालका अनुसार घटनाको छानविनका लागि बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी शंकरबहादुर विष्टको नेतृत्वमा छानविन समिति पनि बनाइएको छ । उक्त गर्ने समूहलाई कारबाहीको माग गर्दै भेरी अस्पतालका स्वास्थ्यकर्मीहरु आ न्दो लित भएका छन् । अस्पताल परिसरमा भेला भएर उनीहरुले प्र द र्श न गरेका हुन् ।

यसैबीच, मन्त्रालयले स्वास्थ्यकर्मीको सुरक्षामा ध्यान दिन ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ । महामारीको विषम परिस्थितिमा उपचारमा खटिएका स्वास्थ्यकर्मीलाई हात पात बढेको भन्दै गृहले सुरक्षामा ध्यान दिन निर्देशन दिएको हो ।

यस्तै, विहिवार साँझ देखी शुक्रवार विहान सम्म बाँकेमा १५ जनाको मृत्यु भएको छ । यो सँगै यो संगै बाके जिल्लाको मृत्यु संख्या २६७ रहेको छ । भने, बाहिरी जिल्लाको मृत्यु संख्या २२२ गरी बॉकेमा ४८९ जनाको मृत्यु भएको फोकल पर्सन तेज वलीले जनाएका छन् ।Via:etajakhabar.com

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *