गैरआवासीय नेपाली संघ अमेरिकाको अध्यक्षमा सुवेदीको पल्ला भारी,एजेण्डासहितको चुनावी अभियानले देखिए सबैभन्दा अगाडि

२०७८ जेष्ठ १४, शुक्रबार २१:३० गते २०७८ जेष्ठ १४, शुक्रबार २१:३० गते २०७८ जेष्ठ १४, शुक्रबार २१:३० गते

काठमाडौ –गैरआवासीय नेपाली संघ (एनआरएनए)राष्ट्रिय समन्वय परिषद्,अमेरिकाको आगामी कार्यकाल(वर्ष २०२१ देखि २०२३ को कार्यकाल) का लागि मतदानको मिति नजिकिदो छ । एनसीसी अमेरिकामा अहिले चुनावी चर्चा र नेतृत्वका लागि दाबेदार बनेका उम्मेदवारहरुको लेखाजोखा भइरहेको छ । यसमा पनि अहिले सबैको चासो भने आगामी कार्यकालका लागि अध्यक्ष पदमा को बिजयी होला भन्ने रहेको छ । मतदानको मिति नजिकिदै जाँदा अहिले अध्यक्षका उम्मेदवारहरुको चर्चा र को बिजयी होला भन्ने अनुमान पनि तीब्र भइरहेको छ ।

अमेरिकामा बसोबास गर्ने प्रायः सबै नेपालीको चासो अहिले यही चुनावमा केन्द्रित भएको छ । आसन्न निर्वाचनमा अध्यक्ष पदको लागि चार जनाले उम्मेदवारी दर्ता गरेर प्रतिस्पर्धामा होमिएका छन् । अहिले अध्यक्षमा बुद्धिसागर सुवेदी, कृष्ण लामिछाने, अर्जुन बन्जाडे र तिलक केसी प्रत्यासी रहेका छन् । अध्यक्षमा सबै उम्मेदवारले आफ्नो दाबेदारी प्रस्तुत गर्दै चुनावी अभियान सञ्चालन गरिरहेका छन उनीहरुलाई तेहा रहेका बिभिन्न नेपाली संघ सँस्थाहरुले आ आफ्नो उम्मेदवारको रुपमा समेत सार्र्वजनिक गर्दै चुनावी माहौलमा छन ।हाल उम्मेदवारी दिएका चार उम्मेदवारहरु मध्ये एनआरएनए एनसीसी अमेरिकाका बर्तमान उपाध्यक्षसमेत रहेका बुद्धिसागर सुबेदी सबैभन्दा अगाडि देखिएका छन् । सुवेदीका एजेण्डा, चुनावी अभियान, प्रचारप्रसार र युवा तथा महिलाको अधिक सहभागिताका कारण पनि सुबेदी अहिले अमेरिकाका गैरआवासीय नेपालीहरुमा लोकप्रिया बनेका छन् । सुवेदीले उठाएका एजेन्डाहरुलाई पनि धेरै नेपाली संघसँस्थाले आफ्नो एजेण्डा बनाई उनलाई बिजयको शुभकामना दिइरहेका छन् ।

सुवेदीले आफ्नो उम्मेदवारीलाई स्थिर रूपमा प्रस्तुत गर्दै पदीय जिम्मेवारीको समय, आर्थिक भार, यात्रा, विषय र संस्थाको प्रमुख मुद्दालाई हेर्ने दृष्टिकोण सबैमाझ राखेका कारण सुबेदीको पल्ला भारी भएको एनआरएनए अभियानका अग्रजहरु बताउँछन् । सुबेदीले आफ्ना कुरा संयततापूर्वक राख्ने, अरूका कुरा सुन्ने र जवाफ दिने गरेका कारण पनि उनलाई धेरैले रुचाएको बताइन्छ । सुबेदी एनआरएनए अमेरिकामा बिभिन्न जिम्मेवारी निर्बाह गर्दै हाल अध्यक्षका उम्मेदवार बनेका सालिन ब्यक्ति भएकाले पनि उनलाई अध्यक्षमा रहेर नेतृत्व गर्दै एनआरएनए अमेरिकालाई उचाईमा पुर्याउन सक्ने व्यक्तिका रुपमा धेरैले बुझेका छन् ।

एनआरएनए एनसीसी अमेरिकाका बर्तमान उपाध्यक्ष रहेका सुवेदीले आफ्नो चुनावी घोषणापत्रमा नागरिकताको निरन्तरता प्रणाली, गतिशील, सशक्त, संस्थागत र समावेशीताका मुद्दाहरु अगाडि सारेका छन् । उनले यी मुद्दाहरुमा केन्द्रित रहि बिभिन्न राज्यहरुमा भौतिकरुपमै उपस्थित भई व्यापक अन्तरक्रिया गर्दै सबैसँग सुझवसमेत संकलन गरेका छन् । अमेरिकाका धेरैजसो नेपाली समुदायसँग भेटवार्ता गरी नेपाल सरकारसँग समन्वय गरी अमेरिकामा बसोबास गर्ने गैर आवासीय नेपालीका समस्यालाई सम्बोधन गर्न आफु लागिपर्ने अठोटका साथ अगाडि बढेको सुवेदी बताउँछन् ।

‘उपाध्यक्षको जिम्मेवारीमा रहँदा मैले संस्थाको संस्थागत विकासका लागि आफ्नो भूमिकालाई इमान्दारितापूर्वक लागू गर्न सके भन्ने मलाई लाग्दछ । उपाध्यक्षको रुपमा जिम्मेवारी वहन गर्दै अघि बढिरहँदा कोरोनाको महामारीका बीच संघको गतिशिलतासँग जोडिएको सदस्यता अभिवृद्दिको पक्षलाई पनि ध्यानमा राख्दैं यो जटिल परिस्थितिमा सदस्यता अभिवृद्दि कमिटिको संयोजकको जिम्मेवारी मलाई संघको वर्तमान कार्यसमितिले दियो, त्यसमा पनि सबैको साथ, सहयोग, सहभागिता र सद्भावका कारण तपाई हामी सबैले गर्व गर्न सक्ने गरी संघको सदस्य संख्या पुग्न सक्यो भन्ने मलाई लाग्दछ’, सुवेदी भन्छन ।

एनआरएनहरुसँगको लामो संगत र विस्कन्सिन च्याप्टरको संस्थापक अध्यक्षबाट सुरु गरेको आफ्नो यात्रामा सिकेका र नेपाली समुदायको आवश्यकता र बिधार्थीलगायत समुदायले भोग्नुपरेका समस्याहरुलाई बुझेर नै आफु अध्यक्ष पदका लागि प्रत्यासी भएको सुबेदी बताउँछन् । आउँदो कार्यकालको लागि सबैलेै दिएको हौसलालाई शिरोधार्य गरी आफु नेतृत्व गर्ने यात्रामा अघि बढेको सुवेदी बताउँछन् । ‘संंघको विस्कन्सिन राज्यको च्याप्टर अध्यक्ष हुदैं एनआरएनए अमेरिकामा पदीय भूमिकासहित अघि बढ्ने क्रममा मैले च्याप्टर अध्यक्षको रुपमा आधार तहमा गरेको कार्य र पहललाई देखेर जुन माया, साथ सहयोग र सद्भाव तपाईहरुवाट प्रदान भयो त्यसले मलाई अघि बढ्न प्रेरित गर्यो,’ सुवेदी भन्छन ।

च्याप्टर अध्यक्ष हुँदैं आधारभूत तहमा देखिने संस्थागत रुपका समस्यादेखि गैरआवासीय नेपालीका अन्य समस्यासँग जानकार रहदैं त्यसलाई समाधान गर्नका लागि राष्ट्रिय समन्वय परिषदमार्फत पहलकदमी गर्ने हेतुलाई बुझेर वर्तमान कार्यसमितिमा उपाध्यक्षमा निर्वाचित गराउन सबैले सहयोग गरेको, उपाध्यक्षको भूमिकामा न्याय गरे भन्ने लागेकाले आफु अध्यक्षको उम्मेदवार बनेको सुवेदी बताउँछन् । अमेरिकामा रहेका नेपालीले चाहेजस्तै एनआरएनए अमेरिका बनाउनका लागि नेतृत्व गर्ने आँट बोकेर आफु यो अभियानमा होमिएको सुवेदीले बताए । एनआरएनए अमेरिकाका अभियन्ताहरुका अनुसार नयाँ कार्यसमितिमा सुवेदीसँगै प्यानल पूरै निर्वाचित हुने लगभग निश्चित देखिएको छ । नयाँ नेतृत्व छान्न यही मे २९ र ३० मा मतदान कार्यक्रम हुँदैछ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *