रमेश खरेल गम्भीर बिरामी, आइसियुमा राखेर उपचार गरिदै ,यस्तो छ अहिलेको अवस्था

२०७८ जेष्ठ १५, शनिबार १२:०० गते २०७८ जेष्ठ १५, शनिबार १२:०० गते २०७८ जेष्ठ १५, शनिबार १२:०० गते

काठमाडौं : को’रोना सं’क्रमणका कारण गम्भीर बिरामी बनेपछि करिब दुई सातायता नेपाल पुलिस अस्पतालमा उपचाररत पूर्व नायब महानिरीक्षक रमेश खरेलको स्वास्थ्यमा सामान्य सुधार आएको अस्पताल प्रशासनले जनाएको छ। उनलाई आइसियुमा राखेर उपचार भइरहेको छ।

‘अस्पताल आउनुअघि नै को’रोनाले उहाँको फोक्सोमा असर गरिसकेको थियो। त्यसैले अवस्था केही जटिल थियो। तर अहिले क्रमिक सुधार भइरहेको छ’ अस्पताल स्रोतले भन्यो।

नेपाल पुलिस अस्पतालमा उपचाररत दुई जना बहालवाला डीएसपीको एक साताको अन्तरमा ज्या’न गइसकेको छ। गत साता राजकुमार केसी र सोमबार समिर खरेलले को’रोना कारण ज्या’न गु’माएका छन्।

नेपाल प्रहरीका प्रवक्ता बसन्त कुँवरले पनि पूर्व डिआइजी खरेलको अवस्था सुधार भइरहेको बताए। ‘बीचमा निकै क्रिटिकल थियो भन्ने रिपोर्ट प्राप्त भएको थियो। मिनी भेन्टिलेटरमा राखेर उपचार भएको थियो। तर अहिले अवस्था सुधारोन्मुख छ’, एसएसपी कुँवरले भने।एजेन्सीको सहयोगमा

भेरीमा किन भए आक्रमणका घटना फेरि-फेरि:

काठमाण्डौ। यतिखेर अस्पतालमा बिरामीहरूले संख्या खचाखच छ । जसले ठूलो संख्यामा संक्रमितहरूको एकैपटक उपचार गराइरहेको छ । अस्पतालका कोभिड ‘फोकल–पर्सन’ डा. संकेत रिसालका अनुसार, अस्पतालमा एकै पटकमा ३ सय १९ जना कोभिड संक्रमितले सेवा लिइरहेका छन् । जुन संख्या नेपालका सबै सरकारी र निजी अस्पतालमा भन्दा बढी हो ।

तर, दुर्भाग्य, तिनै अस्पतालका चिकित्सक–नर्स, कर्मचारीमाथि २० दिनमा तीन पटक अस्पतालका स्वास्थ्यकर्मीहरूमाथि भौतिक आक्रमण भएको छ । योबाहेक दुव्र्यबहारका त कुनै हिसाव छैन । यसरी समर्पित चिकित्सक र कर्मचारी उल्टै आक्रमण र कुटपिटका शिकार भइरहेका छन् । अस्पताल प्रशासनले सुरक्षा निकाय र प्रशासनमा खबर गर्छ, तर घटना दोहोरिरहेको छ ।कोभिड ‘फोकल–पर्सन’ डा. संकेत रिसाल घटनापछि न्यायका लागि याचना गरेपनि कारबाही नहुँदा अस्पतालमा काम गर्न नसकिने स्थिति पैदा भएको बताउँछन्, । उनी भन्छन्, ‘२० दिनभित्र भएका ३ घटनाले अब कारबाही नभए काम कठिन छ ।’

२० दिनका तीन घटना:घटना १: वैशाख २४ गते विहान करिब ८ बज्दै थियो । अस्पतालमा बिरामीहरूको कोलाहालसँगै उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीहरू पनि आफ्नै काममा व्यस्त थिए । अस्पतालको इमजेन्सीमा आफ्नो काममा खटिएका थिए, अस्पतालका हेल्थ असिस्टेन्स पुपेन्द्र शाही । एक्कासी ३/४ जना युवाहरू कोभिड वार्डमा मृत्यु भएको बिरामी हेर्न किन नआएको भनी शाहीमाथि झम्टिए ।

उनीहरूले शाहीलाई कुट्नुसम्म कुटेपछि अस्पतालका अरु डक्टरहरूलाई पनि यही हालत बनाइदिने धम्की दिँदै बाहिरिए । अस्पतालका कर्मचारीहरूले अस्पताल प्रशासनमा आक्रामणकारीलाई कारबाही गर्न माग गरे । अस्पताल प्रशासनले पनि घटनाको निन्दा र भ्रत्सना गर्दै दोषीलाई कारवाहीको माग गर्यो । प्रमुख जिल्ला अधिकारीदेखि प्रहरी कार्यालयसम्म घटनाका जाहेरी दिए, तर उनीहरूलाई कुनै कारबाही भएन ।

घटना २: बैशाख २९ गते दिउँसो भेरी अस्पतालमा नर्समाथि हातपात भयो । बिरामीलाई हेर्न नआएको भन्दै नेपालगञ्जकै एक महिलाले नर्सलाई हात हालिन्, अनि चप्पलले प्रहार गरिन् । उनको गाली–गलौज र आक्रमणबाट उम्किएर नर्स अस्पताल प्रशासनमा पुगेर सुरक्षाको याचना गरिन् ।ती महिलालाई प्रशासन र चिकित्सकहरू पुगेर केहीबेर बाहिर त निकाले, तर अरु कुनै कारबाही भएन । एक नर्सले ४० जनासम्म बिरामी हेर्नुपर्ने हुँदा पालैपालो म आउँछु मात्र नर्स भनेपछि तिनले नर्समाथि हमला गरेकी थिइन् । त्यसपछि अस्पताल प्रशासनले दोस्रो चोटि पनि सुरक्षाको याचना ग¥यो । तर, कारबाही चाहिँ भएन ।पश्चिम नेपालका २५ जिल्लाको ‘रिर्फरल’ अस्पतालका रूपमा चिनिएको भेरीले नेपालमै धेरै कोभिड–१९ का बिरामीहरूको उपचार गर्दै आएको छ । तर पटक पटक उपचारमा सम्लग्न स्वास्थ्यकर्मीहरूमाथि भौतिक आक्रमण किन ?

घटना ३: जेठ १३ गते बेलुका साँढे ८ बजे अस्पतालमा दाङबाट कोभिड उपचारका लागि आएका डिल्ली रावतको अवस्था गम्भीर देखियो । उनको अक्सिजनको तह निकै कम भएपछि स्वास्थ्यकर्मीहरूलाई ‘भेण्टिलेटर’मा राख्ने निर्णय गरे ।बिरामीका आफन्तकै सहमतिमा राखिएको थियो । तर उनको तत्काल सुधार देखिएन । त्यसपछि बिरामीका आफन्त मानबहादुर रावत जंगिए । उनले स्वास्थ्यकर्मीहरूको कार्यक्षमतामा प्रश्न गर्दै काराउन थाले । त्यसको केही छिनपछि बिरामीको मृत्यु भयो ।त्यसपछि बाहिरिएका रावत केहीबेरमा अन्य ४ जना युवासहित प्रवेश गरे । त्यसपछि उनीहरूले अन्धाधुन्ध आक्रामण शुरु गरे । आक्रमणसँगै स्वास्थ्यकर्मी, बिरामी र बिरामी कुरुवाहरूको भागदौड मच्चियो । ज्यान जोगाउन स्टाफ रुप र ट्वाइलेटमा पसेकाहरूलाई समेत ढोका फोडेर घाँटी ङ्याकियो ।

बिरामीको उपचारमा खटिएका डा. चन्द्रप्रकाश साहुसहित नर्सहरू सदीक्षा गैरे, बन्दना श्रेष्ठ र आश्विन गुरुङले अस्पतालको पहिलो तलाबाट हाम फालेर ज्यान जोगाए । आक्रमणमा परेकी नर्स सदीक्षा गैरेले ज्यान जोगाउन आफू क्याबिनको शौचालयमा लुकेको, तर त्यहाँ पनि आक्रमण भएपछि झ्यालबाट बाहिर हाम फालेर बांँच्न सफल भएको बताइन् ।उनले भनिन्, ‘हामी एक तलामाथि झ्यालबाट हाम फाल्दा तल इँटै–इँटा थियो, हामीलाई खुट्टामा चोट लागेको छ, तर बाँच्न सफल भयौँ ।’ आक्रमणबाट डाक्टर दीपक गुप्ता, डा. चन्द्रप्रकाश साहु, डाक्टर समा अन्सारी, स्टाफ नर्स आश्विन गुरुङ, सदीक्षा गैरे, बन्दना श्रेष्ठलाई चोटपटक लागेको भेरी अस्पतालका कोभिड फोकल–पर्सन डा. रिसालले जानकारी दिए ।प्रहरीले यो घटनामा संलग्न मानबहादुरसहित ३ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई कारबाही प्रक्रिया अघि बढाइने र घटनाको अनुसन्धानका लागि बाँकेका सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा छानबिन समिति गठन गरिएकोको बाँकेका प्रहरी प्रमुख ओम रानाले बताए ।

बिरामी फर्काइन्न:पश्चिम नेपालको महत्वपूर्ण अस्पतालको नाम हो, भेरी अस्पताल नेपालगञ्ज । पहिलो र दोस्रो कोभिड–१९ को ‘हटस्पट’ बाँकेमा अस्पताल संक्रमितहरूका लागि साहरा बन्यो । बाँके मात्र होइन, पश्चिम नेपालका २५ जिल्लाको ‘रिर्फरल’ अस्पताल भेरीले कोभिड–१९ संंक्रमितको उपचारमा अग्रमोर्चामा उत्रिएको छ । शुरुमा ५४ जनाका लागि कोभिड कक्ष निर्माण भएको थियो । तर संक्रमित संख्या ह्वात्तै बढेपछि सेवा बिस्तार गरिएको जानकारी डा. संकेत रिसालले दिए ।उनी भन्छन्, ‘बिरामी अस्पतालको बरण्डामै पल्टिन थालेपछि टेण्ट समेत राखी उपचार गरिरहेको छ । सरकारसँग पटक–पटक जनशक्ति माग गरियो । तर प्रयाप्त नभएपनि झण्डै ८० जना चिकित्सक र नर्सहरूवाट सेवा दिनु परेको छ ।’

भेरी अस्पतालको धेरै विशेषतामध्येको एक बिरामी नफर्काउने हो । सबै ३१९ वेड भरिएपनि बिरामी नफर्काइएको अस्पतालका मेडिकल सुपेरिटेण्डेन डा. प्रकाश थापा बताउँछन् । उनी भन्छन्, ‘सबै निजी र सरकारी अस्पतालहरूले बेड भरिएपनि बिरामी नलिए पनि आफूहरूले भने जे सम्भव हुन्छ त्यही सुविधा दिएर बिरामीको उपचार गरिएको छ । बेड खालि नहुँदा पनि ट्रली, स्टेचर र भुईमै राखेर पनि सेवा दिएका छौ ।’

अन्यत्र उपचार निम्ति लैजान सक्ने ठाउँ नभएपछि बिरामीका आफन्तसँगको सहमतिमा भुईमै राखेर पनि उपचार गरिरहेको छ । डा. थापाले भने, ‘कैलाली कञ्चनपुरदेखि कालिकोट, जाजरकोटवाट उपचारमा आएका बिरामीहरूलाई फर्काएर कहाँ लैजानुस् भन्नु ? त्यसैले बिरामीका आफन्तसँगकै सहमतिमा भुईमै राखेर पनि उपचार गर्नुपरेको हो ।’तर, त्यसरी उपचार गर्दा पनि जस पाउनु बदला कुटपिट हुनु दुःखद हो । डा. थापा भन्छन्,‘ सेवा सुविधा जनशक्ति र पूर्वाधार जे जस्तो भएपनि महामारीमा हामीले धर्म निभाउने अन्तिम प्रयास गरे जस्तो लाग्छ, तर यसको मूल्यांकन उल्टो भयो ।’

संक्रमित कर्मचारी उपचारमा खट्नुपर्ने बाध्यता:सम्भवतः भेरी अस्पताल नै होला कि जहाँ संक्रमित कर्मचारी पनि बिरामीको उपचारका लागि ड्यूटीमा खटेका छन् । अस्पतालका नर्स प्रीति खड्का संक्रमित बिरामीहरूको बिजोग देखेपछि बिदामा बसिनन्, संक्रमितको उपचारमा खटिन् ।प्रीति मात्र होइन उनीसँगै नर्स कमला नेपाली, सुनीता साहकारी, निशा पुन, यमकुमारी थापा पनि कोरोना संक्रमित हेरचाहमा खटिएका छन् । उनीहरूका अनुसार, एक जनाले ३०/४० जना बिरामीलाई औषधि खुवाउनुपर्छ । दबाइ खुवाएर मात्रै कहाँ सुख पाउनु बिरामीको छटपटीले मन पोल्छ  । पीपीईभित्रको गर्मी त छँदैछ ।’

केही समयअघि श्रीमान् गुमाएकी सुनीता साहकारी बिरामीको विजोग देखेपछि मनको पिडा दबाएर बिरामीको सेवामा जुटिन् । उनी आफै पनि संक्रमणको चपेटामा थिइन् ।अस्पताल मेडिकल सुपरिटेन्डेन्ट थापाका अनुसार, गतवर्ष एक सय स्वास्थ्यकर्मी संक्रमित भएका थिए । यो वर्ष पनि ९५ जना स्वास्थ्यकर्मी कोरोना संक्रमणमा परेका छन् । जसमा विशेषज्ञ डाक्टरदेखि सहायकस्तरका कर्मचारी छन् ।‘अप्रेसन थिएटरको लगभग सम्पूर्ण स्टाफ पोजिटिभ भए । ओटी बन्द गर्नुपरेको थियोे’ डा. थापाले भने, ‘इमरजेन्सीको पनि शतप्रतिशत स्टाफलाई कोरोना भयो । लक्षण मात्र भएका स्वास्थ्यकर्मीले क्वार्टरमै बसेर उपचार गरे । स्वास्थ्यकर्मीको उच्च मनोबल कोभिड उपचारको अनुभवका आधारमा यति ठूलो संख्यामा बिरामी राखेर पनि उपचार गराउन सफल भयौं । उनिहरूको यो सहयोगको कुनै मुल्य छैन ।’

स्वास्थ्यकर्मी अन्दोलित:बिहीबारको घटनापछि भेरी अस्पतालका स्वास्थ्यकर्मीहरू आन्दोलित बनेका छन् । आफ्नो ज्यानको बाजी लगाएर कोभिड–१९ को उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोधमा उनीहरूले अस्पताल परिसरमै शुक्रबार प्रदर्शन गरे ।पक्राउ परेका दोषीलाई कारबाहीको लिखित प्रतिबद्धता नजनाएसम्म र नर्सहरूको सुरक्षाको ग्यारेन्टी नहुँदासम्म आन्दोलन नरोकिने नर्सिङ संघ बाँकेकी अध्यक्ष लक्ष्मी केसी ओलीले बताइन् ।उनले भनिन्, ‘आइसोलेशनमा रहेका बिरामीलाई उपचारबिना मर्न दिनु भएन, केही स्वास्थ्यकर्मी र नर्स उपचारमै रहे पनि हामी आन्दोलनमा छौँ, सुरक्षाको ग्यारेन्टी र दोषीलाई कारबाही नगर्दासम्म सबै जना काममा फर्किँदैनौँ ।’

अस्पतालका फोकल पर्सन डा. संकेत रिसालले उपचारमा खटिएका स्वास्थ्यकर्मीमाथिको आक्रमणले सिङ्गो अस्पतालका स्वास्थ्यकर्मीको मनोबल घटेको बताए । उनले भने, ‘दोषीमाथि कडा कारबाही नहुँदासम्म उपचारमा फर्किन सक्ने सम्भावना कम छ ।’उनीहरूले आफूहरूको राजनीतिक पहुँच भएको धम्की दिँदै कुटपिट गरेका थिए । प्रहरीका अनुसार, उक्त घटनामा संलग्न भएको आरोपमा मृतकका दुई छोरा र एक भाइ गरी तीन जनालाई नियन्त्रणमा लिइएको छ ।उक्त घटनाको छानबिन गर्न स्थानीय प्रशासनले बिहीवार मध्यराति सहायक प्रमुख जिल्ला अधिकारी शंकर बिष्टको संयोजकत्वमा छानबिन समिति बनाएको बताएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले उक्त घटनाको निष्पक्ष छानबिन हुने जनाएका छन् ।ट्वीट गर्दै उनले लेखेका छन्, ‘बाँकेको भेरी अस्पतालमा घटेको दुःखद घटनाका सन्दर्भमा गम्भीर ध्यानाकर्षण भएको छ । निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही हुनेछ ।’ घटनामा संलग्नहरू मुख्यमन्त्री पोखरेलसँग राजनीतिक रुपमा नजिक टिकाटिप्पणीले सामाजिक सन्जाल रंगिएको छ । इताजाखबरबाट साभार

 

 

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *