अमेरिकी बजेट : प्रस्तावित आकार ६९ नील ६० खर्ब, नेपालको भन्दा ४१० गुणा ठूलो

२०७८ जेष्ठ १५, शनिबार १५:३५ गते २०७८ जेष्ठ १५, शनिबार १५:३५ गते २०७८ जेष्ठ १५, शनिबार १५:३५ गते

अमेरिकी राष्ट्रपति जो बाइडेनले ६ ट्रिलियन अमेरिकी डलर बराबरको नयाँ बजेट प्रस्ताव गरेका छन्। प्रस्तावित बजेटको आकार नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको विनिमयदर अनुसार ६९ नील ६० खर्ब रुपैयाँ बराबरको हो।

बाइडेनले आफ्नो कार्यकालको पहिलो बजेट प्रस्ताव जारी गरेका हुन्। धनी मानिसहरूले तिर्नुपर्ने कर अझै बढाउनेगरी बाइडेनले बजेट अघि सारेका हुन्। यो बजेटको राशी अमेरिकी इतिहासमा स्वाभावतः अहिलेसम्मकै ठूलो हो।

बजेटमा सामाजिक कल्याणका नयाँ योजनाका साथै जलवायु परिवर्तनसँग जुध्नका लागि आवश्यक लगानी पनि व्यवस्था गरिएको छ।बाइडेनले पेश परेको बजेट कार्यान्वयन गर्न अमेरिकी कंग्रेसले मञ्जुरी दिइसकेको छैन। विपक्षी रिपब्लिकन सांसदहरूले बजेट निकै महंगो भएको भन्दै आलोचना गरेका छन्।नयाँ बजेटले अमेरिकाको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा वित्तीय घाटा ११७ प्रतिशतसम्म पुर्‍याउने आंकलन गरिएको छ। आंकलन गरिएको घाटा दोस्रो विश्वयुद्ध यताकै उच्च हो।

व्यापारिक केन्द्रहरू, धनाढ्य अमेरिकी नागरिक र पूँजीगत लाभ करबाट कूल बजेटको आधा अर्थात तीन ट्रिलियन उठाउँदा पनि बजेट घाटा पूर्ति नहुने बताइएको छ।पूर्व राष्ट्रपति डोलाल्ड ट्रम्पको कार्यकालमा पनि जीडीपी घाटा लगातार बढिरहेको थियो। उनको कार्यकालको अन्तिम वर्ष (गत वर्ष) यस्तो घाटा ४.८ मिलियन डलर पुगेको थियो।

बाइडेनले अमेरिकी रक्षा मन्त्रालय (पेन्टागन) र अन्य सरकारी विभागहरूको खर्च १.५ ट्रिलियन डलर बढाइदिएका छन्। प्रस्तावित रोजगार कार्यक्रम र पारिवारिक व्यवस्थापनतर्फ पनि १.८ ट्रिलियन डलर बजेट तय गरिएको छ।

आफूले ल्याउन लागेको बजेट सीधै अमेरिकी नागरिकको हितमा खर्च हुने डेमोक्य्राट राष्ट्रपति बाइडेनले बताएका छन्। यसो गर्दा अमेरिकाको अर्थव्यवस्था बलियो हुने र आगामी दिनमा देशको वित्तीय स्थिति पनि सुध्रने उनले दाबी गरेका छन्।

यस्ता छन् मुख्य प्राथमिकता :बाइडेनले जलवायु परिवर्तनसँग जुध्न र स्वच्छ ऊर्जा (क्लिन इनर्जी) उत्पादन गर्न ८०० बिलियन डलर बजेट प्रस्ताव गरेका छन्।बालबालिकालाई प्रारम्भिक विद्यालय शिक्षा निःशुल्क उपलब्ध गराउन २०० बिलियन डलर बराबर रकम विनियोजन गर्नेछन्। यस्तै, सबै अमेरिकी नागरिकलाई दुई वर्षभित्र सामुदायिक विद्यालयहरूमा निःशुल्क शिक्षा दिन १०९ बिलियन अमेरिकी डलर खर्चने प्रस्ताव बाइडेनले अघि सारेका छन्।

सडक र पुल बनाउन ११५ बिलियन डलर, रेल्वे र सार्वजनिक यातायात क्षेत्रमा १६० बिलियन डलर, हरेक अमेरिकी घरमा इन्टरनेट सेवा सुधार र ब्रोडब्याण्ड सेवा विस्तार गर्न १०० बिलियन डलर बजेट प्रस्ताव गरिएको छ।नेपालको भन्दा ४१० गुणा ठूलो बजेट अमेरिकी बजेटको आकार नेपालमा आगामी आर्थिक वर्षका लागि प्रस्ताव गरिएभन्दा ४१० गुणा ठूलो हो।आगामी आर्थिक वर्ष २०७८/७९ का लागि राष्ट्रिय योजना आयोगले सरकारलाई १६ खर्ब ९७ अर्ब रुपैयाँको बजेट ल्याउन सुझाव दिएको छ।

नेपालको प्रस्तावित बजेट राशीले अमेरिकी राष्ट्रपति जो बाइडेनले प्रस्ताव गरेको बजेट अमेरिकी राशीलाई भाग गर्दा यो झण्डै ४१० गुणा ठूलो हो। अर्थमन्त्री विष्णु पौडेलले आज दिउँसो ४ बजे आगामी आर्थिक वर्षको बजेट प्रधानमन्त्री तथा मन्त्रीपरिषद्‌को कार्यालय, सिंहदरबारबाट सार्वजनिक गर्दैछन्‌।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *