रिवाज गौतम र सुशिक्षा पराजुली अभिनित´ साइलीको सम्झना` बोलको गित सार्वजनिक

२०७८ जेष्ठ १५, शनिबार १९:५२ गते २०७८ जेष्ठ १५, शनिबार १९:५२ गते २०७८ जेष्ठ १५, शनिबार १९:५२ गते

रिवाज गौतम र सुशिक्षा पराजुली अभिनित´ साइलीको सम्झना` बोलको गित सार्वजनिक भएको छ।स्वर्गीय गोकर्ण प्रसाद ढुंङेलको शब्द र संकेत अगस्तीको संगित एवम् पुरुषोत्तम न्यौपानेको एरेन्ज रहेको सो गितमा श्रर्य अगस्तीको स्वर रहेको छ।गाउँले परिवेशको कथा बस्तुमा तयार पारिएको यस गितको भिडियोमा रिवाज गौतम,सुशिक्षा पराजुली,श्रर्य अगस्ती,साक्षी अगस्ती,कंचन आचार्य नेपाल,रिस्ता आचार्य,प्रदिप खडका,नरेश भुर्तेल,मन्सुन पाण्डे लगाएतको कलाकारको अभिनय देख्न सकिन्छ।

सुमन मगरको छायांकन,अनिल कुमार महर्जनको सम्पादन,सुनिता ढुंगेलको निर्माण एवम् संकेत अगस्तीको निर्देशन रहेको यस गितलाई ऎनेक्स मिडिया नेपालले निर्माण समायोजन गरेको छ।गितको मुख्य भुमिकामा देखिएका रिवाज गौतम संगितमा रुचि राख्ने संगै यसअघि विभिन्न म्युजिक भिडियोमा कोरियोग्राफी,सह- निर्देशनका साथै अभिनय समेत गरिसकेका छन्।गौतमले सार्वजनिक गितको भिडियो लाई पनि सह-निर्देशन गरेका हुन्।गितलाई ऎनेक्स मिडिया नेपालको युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ।हेर्नुहोस् गितको पूरा भिडियो…..

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *