थाइल्याण्डका राजपरिवारबाट नेपाललाई एक जहाज स्वास्थ्य सामग्री सहयोग

२०७८ जेष्ठ १६, आईतवार ०६:३२ गते २०७८ जेष्ठ १६, आईतवार ०६:३२ गते २०७८ जेष्ठ १६, आईतवार ०६:३२ गते

सिद्धार्थनगर – थाइल्याण्डका राजपरिवारबाट कोरोना महामारीका बेला नेपाललाई एक जहाज स्वास्थ्य सामग्री सहयोग गरिने भएको छ ।थाइल्याण्डका राजा महाबलिरालङ्कन फा बजिरक लाओचाओइहा, रानी सुधिदा बज्रसुधाविमलाक्छना र राजकुमारी बज्रकितिबा नरेन्दादीब्याभातिले व्यक्तिगत रुपमा सहयोगस्वरुप एक जहाज सामग्री नेपाललाई पठाउन लाग्नुभएको हो ।

थाइ राजपरिवारले १० लाख थान सर्जिकल मास्क, पिपिई गाउन ११ हजार ५२० थान, पिपिई लेग कभर १० हजार जोडी, पिपिई सर्जिक क्याप १० हजार थान, फेस शिल्ड पाँच हजार, रेपिड एन्टिजन युनिट २० हजार युनिट, फिङ्गर टिप्स पल्स अक्सिमिटर ६०० थान, डिजिटल थर्मोमिटर एक हजार ५०० थान, बोडी ब्याग एक हजार, अक्सिजन नाजल ३० थान, अक्सिजन कन्सन्ट्रेटर आठ थान नेपाल सरकारलाई सहयोगस्वरुप पठाउन थालेका हुन् ।

थाइ राजपरिवारको स्वास्थ्य सहयोग आइतबार थाइ राजपरिवारकै खर्चमा जहाजमार्फत काठमाडौँ आइपुग्ने भिक्षु सुगन्धले बताउनुभयो । सहयोगका लागि नेपालका राष्ट्रपतिबाट थाइ नरेशलाई सहयोगका लागि पत्राचार गरिएको थियो । उक्त पत्र प्राप्त भएपछि थाइ नरेशले खुशीसाथ नेपाललाई सहयोग गर्नेगरी आदेश दिएको जानकारी भिक्षु सुगन्धले दिनुभयो ।थाइल्याण्डका राजपरिवारको अत्यन्तै निकट मानिने भिक्षु सुगन्ध महास्थवीर र लुम्बिनी विकास कोषका सदस्यसचिव सानुराजा शाक्यको पहलमा उक्त सामग्री नेपाल आउन थालेको हो । सानुराजाले भन्नुभयो, “थाइ राजपरिवारसँग भिक्षु सुगन्धले पहल गर्नुभयो, यता नेपालमा हामीले समन्वय ग¥यौँ, हाम्रो अनुरोधलाई भिक्षु सुगन्धको पहलमा थाइ राजपरिवारले सहर्ष स्वीकार गरी सहयोग गर्ने भएको ।”

भिक्षु सुगन्ध बौद्ध दर्शनमा विश्वविख्यात महामुकुट बौद्ध विश्वविश्वविद्यालय बैङ्कक, थाइल्याण्डका रेक्टरसमेत हुनुहुन्छ । उहाँले बैंककको कारागारमा आजीवन कारावासको सजाय भुक्तान गरिरहेका तथा विभिन्न अपराधमा संलग्न भई फाँसीका लागि सजाय सुनाइएकालाई पनि बाँचुन्जेल केही गर्नुपर्छ भनेर नयाँ र अनुकरणीय बौद्ध दृष्टिकोणमा बाँच्ने कला अभियान चलाउँदै आउनुभएको छ ।

भिक्षु सुगन्ध महास्थवीर थाइल्यान्डको बौद्ध भिक्षु परम्परामा चौथो वरियताको देव पदको सम्मान पाउने पहिलो नेपाली भिक्षुसमेत हुनुहुन्छ । थाइल्याण्डमा उहाँलाई डा अनिल शाक्यका नामले समेत चिनिन्छ । प्राध्यापक शाक्य थाइ राजकीय विहारबाट बोभर्नका उपप्रमुखसमेत हुनुहुन्छ ।रासस

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *