काठमाडौं। सरकारले वियर, ह्विस्की, वाइन र चु’रोटमा अन्त:शुल्क ह्वातै बढाएको छ। अर्थमन्त्री विष्णु पौडेलले बजेटमार्फत यी वस्तुको अन्त:शुल्क बढाएका हुन्।
बजेटमार्फत प्रतिलिटर १ सय ६८ रुपैयाँका दरले वियरमा लाग्दै आएको अन्त:शुल्क बढाएर १ सय ९८ रुपैयाँ पुर्याएको छ। बजेटबाट वाइन लिटरको १६५ रुपैयाँ रहेको अन्त:शुल्क १ सय ९८ रुपैयाँ पुर्याइएको छ। १५ युपीको म’दिराको अन्त:शुल्क १५ सय ९२ रुपैयाँ पुर्याइएको छ। २५ युपीको म’दिरा लिटरमा ९ सय ९० रुपैयाँ लिँदै आएकोमा १ हजार १ सय १८ रुपैयाँ अन्त:शुल्क पुर्याइएको छ।
३० युपीको म’दिरा ९२० रुपैयाँ अन्त:शुल्क लिइएकोमा १ हजार १ सय ५ रुपैयाँ पुर्याइएको छ। अन्य म’दिरामा १ हजार ३ सय २५ रुपैयाँ लिटर अन्त:शुल्क १ हजार ५ सय ९२ रुपैयाँ पुर्याइएको छ। अब वियर बोतलको ५० रुपैयाँ बढ्नेछ। वल्ड दरबार, ब्ल्याक चिम्नी, मास्टर सेलेक्सनको मूल्य लिटरमा ४ सय रुपैयाँ बढ्नेछ। रुस्लान भोड्का र ८८४८ लिटरमा ३ सय रुपैयाँ बढ्ने अनुमान गरिएको छ।
म’दिरा उद्यमी रवि केसीले सरकारले करको दर बढाएर नेपालको म’दिरा संसारकै महँगो बनाएको बताए। ‘हामीले बजेट आउनु अघि प्रिजेन्टेसन गरेर म’दिरा उद्योगको अवस्था र राजस्व बढ्ने आधारहरु प्रस्तुत गरेका थियौं। तर सरकारले बजेटमार्फत अत्याधिक मूल्य बढाएर स्वदेशी मदिरा धरासायी बनाउन खोज्यो,’ उनले बिजमाण्डूसँग भने, ‘अब भारतीय म’दिरा अवैध रुपमा आएर बिक्री हुनेछ। नेपाली म’दिरा उद्योग समाप्त हुनेछ।’
उनका अनुसार भारतमा एक हजार रुपैयाँमा पाइने म’दिरा नेपालमा दुई हजार भन्दा महँगो हुनेछ। ‘उदाहरणकै लागि भारतमा ६ सय भारतीय रुपैयाँमा पाइने सिग्नेचर अब नेपालमा २१ सय रुपैयाँ पर्नेछ,’ उनले भने, ‘यो भनेको सिधा सरकारले अ’वैध व्यापारलाई प्रश्रय दिन खोजेको हो। यो निर्णयले राज्यले पनि ठूलै राजस्वमा मूल्य चुकाउनुपर्ने देखिन्छ।’
Views: 0