अमेरिकाको टेनिसीमा सेस्ना बिमान दुर्घटनाग्रस्त, सात जनाको ज्यान गयो

२०७८ जेष्ठ १६, आईतवार १९:१८ गते २०७८ जेष्ठ १६, आईतवार १९:१८ गते २०७८ जेष्ठ १६, आईतवार १९:१८ गते

काठमाडौँ। एउटा सानो सेस्ना जेट बिमान शनिबार संयुक्तराज्य अमेरिकाको टेनिसी पोखरीमा दुर्घटनाग्रस्त हुँदा त्यसमा सबार सबैको मृत्यु भएको अधिकारीहरुले बताएका छन् । सेस्ना सी ५०१ बिमान पर्सी प्रिस्ट लेकमा शनिबार बिहान दुर्घटनाग्रस्त भएको थियो ।

प्रारम्भिक विवरणमा स्मिर्ना बिमानस्थलबाट उडेको केही समयभित्रै बिमान पोखरीमा खसेको उल्लेख छ । उद्धारकर्मीका अनुसार बिमानमा सवार सबै सात जनाको ज्यान गएको छ । संघीय हवाई उड्डयन प्रशासनले बिमान दुर्घटनाका बारेमा अनुसन्धान शुरु भइसकेको जनाएको छ ।

भियतनाममा देखियो नयाँ प्रजातिको कोरोनाभाइरस, हावाबाट नै फैलने, अहिलेसम्मकै संक्रामक

भियतनाममा देखियो नयाँ प्रजातिको कोरोनाभाइरस, हावाबाट नै फैलने, अहिलेसम्मकै संक्रामक
काठमाडौं – अहिले विश्वका विभिन्न देशमा एकपछि अर्को भेरियन्टसहितको कोरोनाभाइरस देखिइरहेको छ । यस्तै भियतनाममा फेरी नयाँ प्रजातिको कोरोनाभाइरस फेला परेको छ ।

भियतनामका स्वास्थ्यमन्त्री नुगेन थानले बेलायती भेरियन्ट र भारतीय भेरियन्ट मिलेर बनेको यो नयाँ प्रजातिको कोरोनाभाइरस देखिएको र यो खतरनाक हुने बताएका छन् । उनका अनुसार यो प्रजातिको कोरोनाभाइरस हावाबाट छिटो फैलने गर्छ ।

सन् २०१९ को अन्त्यमा चीनबाट फैलन शुरु गरेको कोरोनाभाइरस अहिले परिवर्तन हुँदै जाँदा खतरनाक बन्दै गइरहेको छ । भियतनाममा देखिएको कोरोनाभाइरस संक्रामक रहेको बताइएको छ । यहाँ पछिल्ला केही हप्तादेखि कोरोना संक्रमण बढ्दै गइरहेको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *