मुम्बई । बलिउड अभिनेत्री कंगना रनौत आफ्ना अभिब्यक्तिका कारण विवादमा आइरहिन्छन् । प्रधानमन्त्री नरेन्द्र मोदी समर्थक उनका विरोधी पनि उत्तिकै छन् । हालै कंगनाका अंगरक्षक कुमार हेगडे प्रहरीको पक्राउ परेका छन् । हेगडेलाई उनको घर कर्नाटकबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
एक महिलालाई विवाह गर्छु भनेर सम्बन्ध बनाएको आरोपमा उनलाई पक्राउ गरिएको हो । ति महिलालाई सम्बन्ध बनाएपछि उनले धोका दिएको आरोपपछि प्रहरीले उनलाई पक्राउ गरेको हो । पी डित महिलाले आरोपमा हेगडेले उनीसँग ५० हजार ठगेको पनि उल्लेख गरेकी छिन् ।
ती महिलाले मुम्बई प्रहरीमा दिएको उजुरीको आधारमा प्रहरीले शनिबार उनको गाँउमै गएर पक्राउ गरेको हो । ३० वर्षीय उक्त ब्युटिसियन महिलाकाअनुसार उनले हेगडेलाई गतवर्ष जुनमा चलचित्र छायांकनको क्रममा भेटेका थिए । नवभारत टाइम्सबाट
Views: 0