लकडाउनमै बाहिरियो बेलबारीमा ‘बाख्रा काण्ड’ ! अस्ट्रेलियाको भन्दै नेपालकै बाख्राको बेचबिखन

२०७८ जेष्ठ १७, सोमबार १३:२५ गते २०७८ जेष्ठ १७, सोमबार १३:२५ गते २०७८ जेष्ठ १७, सोमबार १३:२५ गते

मोरङको बेलबारी नगरपालिकाले अस्ट्रेलियाबाट ल्याएर वितरण गरिएको बोयर जातको बाख्रा बागलुङबाट ल्याइएको दा’बी गरिएको छ । शनिबार नगरका किसानलाई वितरण गरिएको उक्त बाख्राहरू अस्ट्रेलियाबाट नभई बागलुङ, धादिङ तथा पोखराबाट ल्याइएको भन्दै स्थानीय आक्रोशित भएका छन् ।

शनिबार नगरपालिकाले कृषक समूह तथा ब्यवसायिक फर्महरूलाई बाख्राका पाठा–पाठी वितरण वितरण गरेको हो । नगर प्रमुख ज्ञानेन्द्र सुवेदीले एक करोड २५ लाख मूल्य खर्च गरेर नगरपालिकाले अस्ट्रेलियाबाट बोका ल्याएको दाबी गरेका छन् ।उनका अनुसार नगरपालिकाले ५२ वटा बोयर जातको बोका तथा ३८ वटा पाठी वितरण गरेको हो ।

किसानहरूलाई छिटो र बढी आर्थिक लाभ दिने भएकोले अस्ट्रेलियाबाट ल्याएर पाठा–पाठी विरतण गरिएको नगरप्रमुख सुवेदीको भनाइ छ ।यस्तै, प्रमुख प्रशासकीय अधिकृत प्रदीप साहले अनुदानमा दिएका बाख्राहरू बिक्री गर्न नपाउने शर्त राखेर वितरण गरिएको बताए ।

नगरपालिकाले बोयर जातका बाख्राका पाठा अनुदानमा दिनका लागि का’र्यविधिनै बनाएको थियो । सोही कार्यविधिअनुसार बाख्रा खरिद गरेर निषेधाज्ञाको सयमा नगरपालिकाले समूह तथा फर्ममा लगेर नै पाठा–पाठी छो’डिदिएको थियो । अस्ट्रेलियालाई बोयरको प्र’जनन केन्द्रका रूपमा मान्ने गरिन्छ ।

तर, स्थानीयले भने नगरलाई बोयर बाख्राको पकेट क्षेत्रका रूपमा विकास गर्ने लक्ष्य लिएर वितरण गरिएको उक्त बोयर जातका बाख्रा अस्ट्रेलियाबाट नभई नेपालकै उत्पादन भएको बताएका छन् । स्थानीय मान विष्टले नेपालकै धादिङ, बागलुङ र पोखराबाट ल्याइएको बताउँदै नगरपालिकाले आफन्तलाई मात्र वितरण गरेको आरोप लगाए ।

उनीमात्र होइन बेलबारी नगरक्षेत्रका मानिसले बोयर जातका बाख्रा सक्कली नभएको, आसेपासे, नातागोता, आफन्तलाई वितरण गरिएको र आर्थिक चलखेल भएको भन्दै आ’लोचना गरिरहेका छन् ।यता, बेलबारी नगरपालिकाकी उपमेयर ढाकाकुमारी पराजुली आफू यो विषयमा अनभिज्ञ रहेको बताउँदै बिनासल्लाह यस्तो काम भएकोमा आपत्ति जनाउँछिन् ।

उनले आफ्नै घरअगाडिबाट ट्रकमा बाख्रा राखेर दौडिएको देख्दा खोजी गर्ने क्रममा मात्र बाख्रा बितरण भएको थाह पाएको बताइन् ।उनले तत्काल अनुगमन गरी खरिद प्रक्रिया गलत भएमा र बोयर जातको बाख्रा नभएको पाइएमा भुक्तानी रोक्नेसमेत बताइन् ।उनले एकतर्फी र मनोमानी गरिएको निर्णय आफूलाई स्वीकार नहुने बताइन् ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *