वरिष्ठ पत्रकार ऋषि धमला आफैं खाना खुवाउने ठाउँमा गएर २०० जनालाई खाना खुवाउँदै (भिडियोसहित)

२०७८ जेष्ठ १८, मंगलवार १०:०८ गते २०७८ जेष्ठ १८, मंगलवार १०:०८ गते २०७८ जेष्ठ १८, मंगलवार १०:०८ गते

वरिष्ठ पत्रकार ऋषि धमलाले काठमाडौ गंगाहल अगाडि खाना खानको लागि आउने २०० जना विपन्न वर्गका लागि खाना खुवाएका छन्।नेपाल युबट्युब पत्रकार संघले मातातृथ औंशी देखि सुरु गरेको खाना खुवाउने कार्यक्रम आजसम्म निरन्तर खुवाइरहेका छन्।****यो समाचारको पुरा भिडियो हेर्न यहाँ तल क्लि,क गर्नुहोस ****

हुन त यो बेला नेपाल सरकार,ठूला ठूला उद्धमी,व्यवसायीहरूले लिनुपर्ने जिम्मेवारी युट्युब पत्रकारहरूले त्यो पनि अरुबाट सहयोग मागेर यसरी निरन्तर आजसम्म यसरी खुवाउन सक्नु वास्तवमा एउटा प्रशंसनीय छ तर आजसम्म कुनै पनि नेता त्यहाँ आइपुगेका छैनन् न त कुनै हौसला नै दिएका छन्।

यतिबेला अधिकांश पत्रकारहरू घरमा अफिसमा बसेर रिपोर्टिङ गरिरहेका छन् भने फिल्डमा गएर जनताको वास्तविक समस्यालाई उजागर गर्न र सूचना दिन सक्रिय युबट्युब पत्रकारहरू नै छ्न् भन्दै युट्युब पत्रकारहरूको खुलेर प्रशंसा गरेका छन्। साथै उनले आफ्नो व्यक्तिगत रुपमा तथा रिपोर्ट स क्लब तथा प्राइम टाइम टेलिभिजनको तर्फबाट र आफू संलग्न रहेका सम्पूर्ण मिडिया हाउसको तर्फबाट जस्तो सुकै सहयोग गर्न पनि आफू तयार रहेको बताएका छन्।

त्यसैगरी उहाँले युट्युब पत्रकारले गरेको योगदानप्रती आभार समेत व्यक्त गर्दै सबै पत्रकारहरू,विशेषगरी युबट्युब पत्रकारहरू फिल्डमा गएर सूचना दिने मात्रै नभइ परेको बेला यस्तो संकट व्यवस्थापनमा समेत उत्तिकै सक्रिय छन् , उनीहरू जस्तोसुकै संकटमा पनि गर्न सक्छन् भन्ने पनि सन्देश दिएको र यसले हामी सबै पत्रकारहरूले गौरव गर्ने ठाउँ बनाएको पनि उहाँले बताउनुभयो।

नेपालका पत्रकारहरू जस्तोसुकै चुनौती पनि सामना गर्न सक्छन्,जस्तोसुकै जोखिम पनि उठाउन सक्छन् र जनताहरू भोका नाङ्गा बसेको देख्न चाहँदैनन् भन्ने कुरा पनि पुष्टि भएको उहाँले बताउनुभयो। यस्तो महामारीको समयमा कसैले गर्न नसकेको काम जहाँ खान नपएका भोका जनताहरूले खान पाएका छन् र त्यो खुसी ल्याउने काम भएको छ तसर्थ जोसुकैले जस्तो सुकै आलोचना गरेतापनी यो कामको खुलेर प्रशंसा गर्न लायक छ।

राज्यले अहिले छुटै किसिमको आचारसंहिता तोकिदिएको छ त्यसलाई पालना गर्ने,प्रकाशन,प्रशारण देखि लिएर सबैखालको क्षेत्रमा आफ्नो क्षमता अभिवृद्धि गर्दै तालीम तथासीपमूलक काम अगाडि बढाउँदै लैजाने भनी युबट्युब पत्रकारसंघ लागिरहेको पनि उहाँले बताउनुभएको छ। कृपया यसै विषयमा तयार पारिएको भिडियो सामाग्री तल दिइएको छ हेरेर कमेन्ट मार्फत प्रतिक्रिया दिनुहोला ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *