उज्वल थापाको निधन भए लगत्तै रवि लामिछानेले लेखे यस्तो मनछुने स्टाटस

२०७८ जेष्ठ १८, मंगलवार १९:२५ गते २०७८ जेष्ठ १८, मंगलवार १९:२५ गते २०७८ जेष्ठ १८, मंगलवार १९:२५ गते

काठमाडौँ – नेपालमा वैकल्पिक राजनीतिक शक्तिको बलियो जग बसालेका विवेकशील पार्टीका नेता उज्वल थापाको निधनसँगैचर्चित पत्रकार रवि लामिछानेले भावुक स्टाटस लेखेका छन् । मंगलबार ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको क्रममा नेता थापाको निधन भए लगत्तै संचारकर्मी लामिछानेले सामाजिक संजालमा आफ्नो धारण राख्दै भनेका छन् असाध्यै अर्थपुर्ण जीवन बाचेर बिदा हुनु भएको छ, स्वर्गमा वास होस्,हार्दिक श्रद्धाञ्जली उज्वल जी।

अन्ततः यो पुस्ताले एउटा होनहार नेता गुमायो।संस्कार सहितको राजनीतिको बीउ रोपेर जानू भएको छ, एक दिन यो अवश्य झांगिने छ। परिवारजनमा यो पिडा सहन सक्ने शक्ति देउ भगवान । अस्पतालले नै उनको निधनको पुष्टि गरेको हो । ४४ वर्षे थापा सपरिवारसहित झण्डै एक महिना पहिले सगरमाथा आधार शिविर क्षेत्रको यात्रामा गएर फर्किएका थिए। सोही क्रममा कोरोना संक्रमण भएको थियो ।

संक्रमण पछि उनलाई सुरुमा ह्याम्स अस्पतालमा राखेर उपचार गरिएको थियो । त्यसपछि ग्राण्डी अस्पताल हुँदै उनलाई गएको शुक्रबार ललितपुरको मेडिसिटी अस्पताल ल्याइएको हो । एकमो थेरापीबाट मेडिसिटीमा उपचार हुँदै गर्दै गर्दा उपचारकै क्रममा उनको निधन भएको हो । उनी बुढानिलकण्ठका बासिन्दा तथा बुढानिलकण्ठ स्कूलका विद्यार्थी समेत हुन् ।

परिवारजनले जारी गरेको जानकारी जस्ताको तस्तैस् उज्वल थापा हामीबिच रहनुभएन १ हाम्रा छोरा, श्रीमान्, दाइ, भान्जा, मित्र, काका, ठूलो बुबा, नाति, मामा, हजूरबुबा, ज्वाइँ, भिनाजु, विवेकशील अभियान तथा विवेकशील नेपाली दलका संस्थापक, विवेकशील साझा पार्टीका पूर्व संयोजक, उद्यमी, सामाजिक उत्प्रेरक, हाम्रा प्रिय उज्वल बहादुर थापा, ४४, हामी सबैको अथक प्रयास, सहयोग र प्रार्थनाका बाबजुद ९२०७८ साल जेठ १८ गते, अपराह्न ४स्२५ बजे० हामीबिच रहनु भएन । हामी उहाँप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दछौँ १

उहाँको उपचारमा संलग्न सम्पूर्ण स्वास्थ्यकर्मीहरूप्रति हामी आभारी छौँ । यस्तो विषम परिस्थितिमा धैर्य धारण गरी संयमताका साथ उज्वलको लागि साथ, सहयोग दिनुहुने र अनवरत प्रार्थना गरिरहनु भएका उज्वलका आफन्तजन, नेपाल भित्र र बाहिरका साथी तथा शुभेच्छुक सबैप्रति हामी कृतज्ञ छौँ । तपाईंहरूले व्यक्त गर्नुभएका सद्भाव, सदिच्छा तथा प्रार्थनाको लागि हामी आभारी छौँ । नेपालका राष्ट्रपतिज्यू, नेपाल सरकार तथा विभिन्न राजनीतिक दलका तर्फबाट व्यक्त भएको सहयोग गर्ने इच्छा, सद्भाव र शुभेच्छाको लागि हामी कृतज्ञ छौँ ।

अन्तिम पटक गरिएको कोरोना भाइरस परीक्षणमा नतिजा नेगेटिभ रहेको भए पनि अहिलेको संक्रामक रोगको समयमा उहाँको अन्तिम संस्कार एउटा साधारण पारिवारिक तवरले सम्पन्न गर्ने परिवारको इच्छा भएकोले सम्भव भएसम्म सहभागी नभइदिनुहुन हामी आग्रह गर्दछौँ । उज्वल बहादुर थापाको परिवार, साथी र शुभेच्छुकहरूको तर्फबाट, ०७८ जेठ १८ गते

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *