फेरि बढ्यो डलरको मूल्य, कुन देशको मुद्राको मूल्य कति ? हेर्नुहोस सूचीसहित

२०७८ जेष्ठ १९, बुधबार ११:०५ गते २०७८ जेष्ठ १९, बुधबार ११:०५ गते २०७८ जेष्ठ १९, बुधबार ११:०५ गते

काठमाडौं, १९ जेठ : नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलरको मूल्य मंगलबारको भन्दा बढेको छ । मंगलबार अमेरिकी डलर एकको खरिददर ११५ रूपैयाँ ८८ पैसा रहेकोमा आज बढेर ११६ रूपैयाँ ३४ पैसा पुगेको छ । यसको बिक्रीदर ११६ रुपैयाँ ९४ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ २७ पैसा र बिक्रीदर १४३ रुपैयाँ ०१ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ९७ पैसा र बिक्रीदर १६५ रुपैयाँ ८२ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३१ रुपैयाँ १८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।कुन देशको मुद्राको दर कति ?

राजा वीरेन्द्र शाहको बंश नाश भएको रहस्यकै घेरामा: तत्कालीन राजा वीरेन्द्र शाहको बंश नाश भएको २० वर्ष पूरा भएको छ। २०५८ जेठ १९ गते राती दरबारभित्रै राजारानीसहित राजपरिवारका सदस्य र आफन्तको ह’त्या भएको थियो। उच्च सुरक्षा घेराभित्र रहेको दरबारमा भएको हत्याकान्ड अहिले पनि रहस्यकै गर्भमा रहेको छ।

जेठ १९ को त्यो कहालीलाग्दो रातले अहिले पनि हरेक नेपालीलाई झस्काउने गर्छ। राजतन्त्र हटेर मुलुकमा गणतन्त्र स्थाना भइसके पनि तत्कालीन राजपरिवारको बंश नाश भएको जेठ १९ को नमिठो छाप अहिले पनि नेपालीको मनबाट मेटिएको छैन।

पारिवारिक जमघटका बेला भएको घ’टनामा राजा वीरेन्द्र, रानी एश्वर्य, युवराज दीपेन्द्र, राजकुमार निराजन, राजकुमारी श्रुति, राजकुमार धिरेन्द्र, राजकुमारी जयन्ती, राजकुमारी शान्ती, राजकुमारी शारदा, कुमार खड्ग र अन्य राजपरिवारका सदस्यहरूको ह’त्या भएको थियो।

उदार राजाको छवि बनाएका वीरेन्द्रको बंश नाशपछि नेपालमा राजतन्त्र धेरै समय टिक्न सकेन। ह’त्या’काण्डको ७ वर्षपछि २०६५ जेठ १५ गते मुलुकबाट राजतन्त्र समाप्तिको घोषणा गरिएको थियो। राजा वीरेन्द्रपछि उनका माइला भाइ ज्ञानेन्द्र शाह राजगद्दीमा आसीन भए। उनी नै नेपालको इतिहासमा अन्तिम राजा बनेका छन्।

ह’त्याकाण्डपछि तत्कालीन प्रधानन्यायाधीशको संयोजकत्वमा गठित उच्चस्तरीय छानबिन समितिले जेठ १९ को घ’टनाका लागि युवराज दीपेन्द्रलाई दोषी देखाइएको प्रतिवेदन सार्वजनिक गरेको थियो । तर त्यसलाई आम नेपालीले विश्वास गरिरहेका छैनन् ।

 

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *