संसारका कतिपय मुलुकका नागरिकले कोरोनाभाइरसविरूद्धको खोप नपाइरहेका बेला अमेरिकीहरूले भने उपलब्ध हुँदा पनि खोप लगाउनमा चासो देखाएका छैनन्। नागरिकहरूलाई खोप लगाउन प्रेरित गर्न अमेरिकाका विभिन्न राज्यहरूले नयाँ-नयाँ स्किमहरू ल्याइरहेका छन्।
कतिपय राज्यले खोपको लागि प्रोत्साहन गर्न चिठ्ठाको घोषणा गरेका छन्। जसमध्ये एक हो न्यू मेक्सिको। जहाँ खोप लगाउने एक व्यक्ति ५० लाख डलर पाउने भएका छन्।
मंगलबार न्यू मेक्सिकोका गभर्नर मिसेल लुजन ग्रिसमले घोषणा गरेको यो कार्यक्रमलाई ‘भ्याक्स टु द म्याक्स’ को नाम दिइएको छ। यसको रजिस्ट्रेजन फारम भएको वेबसाइटमा ५० लाख डलरको भव्य उपहार जित्ने मौकाका लागि खोप लगाउनुस् भनिएको छ।
गभर्नर ग्रिसमले ट्विटरमा लेखेका छन्,’जित्न रजिष्टर गर्नुस्, न्यू मेक्सिकोलाई सुरक्षित र स्वस्थ राखौं!’उनले चिठ्ठा कार्यक्रमको लागि एक करोड डलरको घोषणा गरेका थिए।
धेरै मानिसले कोरोनाभाइरस विरूद्धको खोप लगाऊन् भनेर चिठ्ठा घोषणा गरिएको हो। यस्तै प्याकेज अरू राज्यले पनि घोषणा गरेका छन्।
अगष्टको सुरूमा न्यु मेक्सिकोले ५० लाख डलर पुरस्कार पाउने व्यक्तिको नाम सार्वजनिक गर्नेछ। समाचार संस्था एपीका अनुसार चिठ्ठाका लागि दिइने पैसा संघीय महामारी राहतको रकमबाट दिइनेछ।
चिठ्ठा कार्यक्रमबाट रकम पाउनका लागि न्यू मेक्सिको राज्यको स्थायी वासिन्दा हुनुपर्ने, चिठ्ठाका लागि रजिष्ट्रर गर्नुपर्ने र एउटा डोज खोप अनिवार्य लगाइसकेको हुनुपर्छ। ५० लाख डलरको चिठ्ठा जित्न भने दुबै डोज भ्याक्सिन लगाइसकेको हुनुपर्नेछ।
कतिपय राज्यले खोपको लागि प्रोत्साहन गर्न चिठ्ठाको घोषणा गरेका छन्। जसमध्ये एक हो न्यू मेक्सिको। जहाँ खोप लगाउने एक व्यक्ति ५० लाख डलर पाउने भएका छन्।
मंगलबार न्यू मेक्सिकोका गभर्नर मिसेल लुजन ग्रिसमले घोषणा गरेको यो कार्यक्रमलाई ‘भ्याक्स टु द म्याक्स’ को नाम दिइएको छ। यसको रजिस्ट्रेजन फारम भएको वेबसाइटमा ५० लाख डलरको भव्य उपहार जित्ने मौकाका लागि खोप लगाउनुस् भनिएको छ।
गभर्नर ग्रिसमले ट्विटरमा लेखेका छन्,’जित्न रजिष्टर गर्नुस्, न्यू मेक्सिकोलाई सुरक्षित र स्वस्थ राखौं!’उनले चिठ्ठा कार्यक्रमको लागि एक करोड डलरको घोषणा गरेका थिए।एजेन्सी।
Views: 0