एबी इन्टरनेशनलले सुरु गर्यो निशुल्क खाना अभियान

२०७८ जेष्ठ २०, बिहीबार ११:३५ गते २०७८ जेष्ठ २०, बिहीबार ११:३५ गते २०७८ जेष्ठ २०, बिहीबार ११:३५ गते

काठमाडौं २० जेठ। कोराना भाइरस अर्थात कोभीड १९ को बढदो संक्रमण र लकडाउनका कारण दैनिक ज्यालादारी गर्ने मजदुर, बेरोजगार,अशक्त लगाएत लाई खाना खुवाउने उदेश्यले एबी इन्टरनेशनल नामक फिल्म कम्पनीले काठमाडौंको वडा नम्बर ६ समाखुशी चोकमा निशुल्क खाना उपलब्ध गराउने अभियान औपचारिक रुपमै प्रारम्भ गरेको छ। अभियानको पहिलो दिन नै करिब दुई सय जनालाई खाना वितरण गरिएको थियो।

बिगत तीन दिन देखि निरन्तर रुपमा समाखुशी चोकमा स्वास्थ्य सुरक्षा अपनाएर पुर्ण व्यवस्थित रुपमा निशुल्क खाना खुवाउने कार्य नियमित तालिका रुपमा अगाडि बढाईएको छ। एबी इन्टरनेशनल नामक फिल्म कम्पनीले बिगत लामो समय देखि विभिन्न सामाजिक कार्यमा सक्रिय हुँदै आएको छ। हाम्रो यस कम्पनीले देशका साथै बिदेशमा पनि अशक्त,अपांग,उपचार खर्च जुटाउन नसेका बिरामीलाई समेत सहयोग गर्दै आएको एबी इन्टरनेशनलका प्रबन्ध निर्देशन निर्माता अमित बस्नेतले जानकारी दिए।

अभियानको बारेमा जानकारी दिदै निर्माता एवम् व्यवस्थापक अजित कुमार थापाले हामीले चलचित्र निर्माण मात्र नभई हामीले आफ्नो सामाजिक दायित्व निर्वाह गर्न जरुरी रहेको र सोही दायित्वलाई आत्मबोध गर्दै हामीले सकेको केहि गरौ´हुनेले दिएर जाउ नहुनेले लिएर जाउ` भन्ने मुल नाराका साथ अहिलेको बर्तमान अवस्थालाई मध्यनजर गर्दै निशुल्क भोजन उपलब्ध गराउने अभियान हामी र हाम्रो समुहले थाल्नी गरेका छौ।

अभियानको छोटो समयमै हाम्रो अभियान लाई उल्लेखनीय उपस्तिथिका साथै सुरक्षा निकाय ,स्थानिय जनप्रतिनिधिज्युहरुको साथ र सद्भाव पाएकोमा निकै खुसी लागेको छ।म एउटा व्यक्ति र कम्पनीले मात्र अभियान सार्थक नहुने हुँदा हाम्रो एबी इन्टरनेशनलका सम्पुर्ण टिमको सहयोगले आजको अभियान यहाँ सम्म आइपुगेको छ र यस अभियान लाई हामीले निरन्तरता दिने छौ। कोहि पनि भोकै बस्नु नपरोस् र कोहि पनि उपचार गराउन अस्पताल जान बाट बंचित नहोस् भन्ने उदेश्यका साथ हामीले उपचार गराउन जान गाडी र एम्बुलेन्स नपाएका लागि हामीले अस्पताल सम्म पुर्याउन निशुल्क एम्बुलेन्स र सवारीको पनि व्यवस्था गरेका छौ।

अस्पताल जान नसेकाले गाडी चाहिए हाम्रो टिमका प्रतिनिधि लोक विक्रम मल्ल लाई ९८०५१२५७०० मा सम्पर्क गर्न अनुरोध गरेका छन्। यस अभियानमा एबी इन्टरनेशनल कम्पनीका अध्यक्ष अमित बस्नेत,नेपालका लागि यस कम्पनीका व्यवस्थापक निर्देशक अजित कुमार थापा,अभियान संयोजक लोक विक्रम मल्ल,निर्माण संयोजक विक्रम पंडित,लगाएत कम्पनीका प्रतिनिधिहरुको सक्रियतामा यो अभियान संचालन गरिएको हो। खाना वितरण भने बिहान १० बजे देखि १२ बजे सम्म गर्ने गरिएको अभियान संयोजक मल्लले जानकारी दिइएका छन्।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *