एसएलसी फेल भएका बिनोद ,‘ईञ्जिनियर’ : यस्तो रहेछ रहस्य

२०७८ जेष्ठ २०, बिहीबार १३:५३ गते २०७८ जेष्ठ २०, बिहीबार १३:५३ गते २०७८ जेष्ठ २०, बिहीबार १३:५३ गते

पोखरा– २४ पामेका विनोद सन् २००३ मा दुबई पुगेका थिए। भारतीय प्रहरीमा जागिरे बुवा र पोखरामा घरजग्गा भएकाले कमाउनकै लागि विदेश जानुपर्ने बाध्यता उनलाई थिएन।बुर्ज खालिफा बनाउँदा दिन र रात गरी दुई सिफ्टमा ९ हजार बढीले काम पाएका थिए। यी कामदार मध्ये कयौं नेपाली पनि थिए। पोखराबाट ‘लेवर’ भिसामा दुबई पुगेका विनोदकुमार विक पनि एक हुन्।

एसएलसी फेल भएर उनी विदेश हानिएका थिए। अहिले विश्वबजारमा विक्ने सिनियर सर्भेयर बनेका छन्।घुम्नका लागि दुबई जाने जो कोही बुर्ज खालिफा चढेर मात्र फर्कन्छन्। नभए, यो टावरलाई पृष्ठभूमि पारेर फोटो खिचाउन त प्राय: कसैले छोड्दैनन्। विख्यात अमेरिकी आर्किटेक्ट एड्रिन स्मिथले लिली नामक पुतलीबाट प्रभावित भएर यसको डिजाइन गरेका थिए। उक्त पुतलीको लय र संरचना बुर्ज खालिफासँग मिल्दोजुल्दो भएको स्मिथले बताएका छन्।

युएईको दुबईस्थित विश्वकै सबैभन्दा अग्लो मानव निर्मित टावर बुर्ज खालिफा अहिले मध्यपूर्वको व्यापारिक केन्द्र बनेको छ।बुर्ज खालिफाको डिजाइन अनुसार होटल, कार्यालयदेखि अन्य व्यवसायिक घराना त्यहाँ बसेका छन्। यो एउटा महत्वपूर्ण व्यापारिक केन्द्र भएको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *