नेपालमा कोरोनाको नयाँ भेरियन्ट फेला परेको जानकारी छैन : डब्ल्यूएचओ

२०७८ जेष्ठ २१, शुक्रबार ०८:५३ गते २०७८ जेष्ठ २१, शुक्रबार ०८:५३ गते २०७८ जेष्ठ २१, शुक्रबार ०८:५३ गते

काठमाडौं, २० जेठ : विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले नेपालका कोरोना भाइरस (कोभिड-१९) को कुनै नयाँ भेरियन्ट भेटिएकोबारे जानकारी नभएको बताएको छ । नेपालमा कोरोनाको नयँ भेरियन्ट फैलिएको भनेर हल्ला चलिरहेका बेला डब्ल्यूएचओको नेपालमा रहेको कार्यालयले बिहीबार आफ्नो सामाजिक सञ्जाल फेसबुकमार्फत यसबारेमा जानकारी दिएको हो ।

‘नेपालमा सार्स-कोभ-२ को नयाँ भेरियन्ट फेला परेको भन्ने कुरामा विश्व स्वास्थ्य सङ्गठन अवगत छैन’, फेसबुक पेजमा भनिएको छ । नेपालमा रहेका भेरियन्टहरू अल्फा (बी.१.१.७), डेल्टा (बी.१.६१७.२) र कप्पा (बी.१.६१७.१) रहेको डब्ल्यूएचओले जनाएको छ । यस्तै अहिले नेपालमा सक्रिय रहेको भेरियन्ट डेल्टा (बी.१.६१७.२) रहेको जानकारी दिइएको छ । भारतमा भेटिएको भेरियन्ट (बी १.६१७.२) लाई डब्ल्यूएचओले ‘डेल्टा’ नाम दिएको छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *