अर्कोसातादेखि अमेरिकामा २२ हजार अस्थायी गैर कृषि कामदार भिसा उपलब्ध

२०७८ जेष्ठ २१, शुक्रबार १६:२० गते २०७८ जेष्ठ २१, शुक्रबार १६:२० गते २०७८ जेष्ठ २१, शुक्रबार १६:२० गते

अर्कोसातादेखि अमेरिकामा आर्थिक बर्ष २०२१ का लागि थप २२ हजार अस्थायी गैर कृषि कामदार भिसा एचटु बी उपलब्ध हुने भएको छ । आगामी सातादेखि रोजगारदाताहरुले थप २२ हजार कोटाका लागि आवेदन दिनसक्ने जनाइएको छ ।

थप २२ हजारमध्ये आर्थिक बर्ष २०१८, २०१९ र २०२० मा अस्थायी गैर कृषि कामदार एच टु बी भिसामा रहेका र फेरी काममा फर्केका कामदारहरुका लागि १६ हजार भिसा उपलब्ध हुने छ । त्यस्तै बाँकी ६ हजार भिसा काममा पुन फर्कने कामदारको मापदण्डबाट छुट पाएका एल साल्भाडोर, होण्डुरस र ग्वाटेमालाका कामदारका लागि उपलब्ध हुनेछ ।

यो भिसामा कामदारहरु ल्याउनका लागि रोजगारदाताले यदि अस्थायी कामदार नल्याएको खण्डमा ब्यापारमा नोक्सान पुग्ने कुरा प्रमाणित गर्न सक्नुपर्छ । उक्त कामका लागि कामदार अमेरिकामा उपलब्ध नभएको, अमेरिकामा हुनेहरु काम गर्न इच्छुक नरहेको वा योग्य नभएको समेत प्रमाणित गर्नुपर्छ । त्यस्तै यो भिसाका लागि कामदार आफैले भने आवेदन दिन मिल्दैन, रोजगारदाताले आवेदन दिनुपर्छ ।

थप भिसाका लागि मे २५ बाट आवेदन दिन सकिने छ । यो भिसाका लागि आवेदन दिने नियमित कोटा भने गत फरबरी १२ मा नै पुगेको थियो । त्यसैले थप संख्याले थप कामदारका लागि अवशर श्रृजना भएको छ ।

रोजगारदाताले पहिले नै एच टु बी भिसामा अमेरिकामा रहेका कामदारहरुलाई पनि नयाँ आवेदन स्वीकृति हुँदासम्म प्रतिक्षा नगरिकनै काममा राख्न सक्ने भएका छन् । अतिरिक्त कोटा आर्थिक बर्ष सन् २०२१ का लागिमात्र लागु हुने र आगामी आर्थिक बर्षको संख्याबाट नघटाइने जनाइएको छ

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *