नवनियुक्त मन्त्रीहरुले लिए पद तथा गोपनीयताको शपथ : कसको कुन पद ?

२०७८ जेष्ठ २१, शुक्रबार २१:२८ गते २०७८ जेष्ठ २१, शुक्रबार २१:२८ गते २०७८ जेष्ठ २१, शुक्रबार २१:२८ गते

काठमाडौं, २१ जेठ : प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको मन्त्रिमण्डलमा नियुक्त भएका मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् ।उनीहरुले शुक्रबार राति राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी (जसपा) नेपाललाई सरकारमा सहभागी गराउँदै १७ सदस्यीय मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।
उनले एमालेका पुराना अधिकांश मन्त्रीलाई समेत हटाएर ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका हुन् ।

ओली सरकारमा अब सरकारमा ३ जना उपप्रधानमन्त्री, १२ जना मन्त्री र २ जना राज्यमन्त्रीको टीम बनेको छ । ओलीले विष्णु पौडेल, रघुवीर महासेठ र राजेन्द्र महतोलाई उपप्रधानमन्त्री बनाएका छन् ।

पुनर्गठित मन्त्रिपरिषद्मा रहेका मन्त्री र उनीहरुले सम्हालेका मन्त्रालय

प्रधानमन्त्री केपी शर्मा ओली – रक्षा, गृह,सञ्चार, पर्यटन, कृषि, उद्योग वाणिज्य र सामान्य प्रशासन।
विष्णु पौडेल – उपप्रधानमन्त्री, अर्थ
राजेन्द्र महतो – उपप्रधानमन्त्री, शहरी विकास
रघुवीर महासेठ – उपप्रधानमन्त्री, परराष्ट्र
शेरबहादुर तामाङ – स्वास्थ्यमन्त्री
कृष्णगोपाल श्रेष्ठ – मन्त्री, शिक्षा
बसन्तकुमार नेम्वाङ – मन्त्री, भौतिक पूर्वाधार तथा यातायात
लीलानाथ श्रेष्ठ – मन्त्री, कानून न्याय तथा संसदीय मामिला
शरतसिंह भण्डारी – मन्त्री, ऊर्जा
अनिल झा – मन्त्री, खानेपानी तथा सरसफाई
विमल श्रीवास्तव – श्रम तथा रोजगार
उमाशंकर अरगरिया – मन्त्री, वन तथा वातावरण
लक्ष्मणलाल कर्ण – मन्त्री, भूमि व्यवस्था
चन्दा चौधरी – मन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक
एकवाल मियाँ – मन्त्री, युवा तथा खेलकुद
चन्द्रकान्त चौधरी – राज्यमन्त्री, ऊर्जा
रेणुका गुरुङ – राज्यमन्त्री, महिला,बालबालिका तथा ज्येष्ठ नागरिक

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *