आज नेपालमा नयाँ अपडेट यस्तो : यस्तो डरलाग्दो संकेत देखेपाही सरकारले सबै अस्पताललाई दियो यस्तो निर्देशन (बिज्ञप्ति सहित)

२०७८ जेष्ठ २२, शनिबार ०६:५८ गते २०७८ जेष्ठ २२, शनिबार ०६:५८ गते २०७८ जेष्ठ २२, शनिबार ०६:५८ गते

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर ६ हजार ६५३ जना व्यक्ति संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १४ हजार १८२ जनाको पिसिआर र ६ हजार ६३१ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ४ हजार ६२४ जना र एन्टीजेटमार्फत २ हजार २९ जना संक्रमित पुष्टि भएका हुन्।

देशभर ९७ हजार ६९९ जना संक्रमित रहेका छन्। त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर १०१ जना संक्रमितको मृत्यु भएको छ। आज ८ हजार ६६३ जना संक्रमित निको भएका छन्। देभभर ७५५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।

त्यस्तै सरकारले सबै अस्पताललाई २० प्रतिशत शय्या कोभिड संक्रमित बालबालिकाको उपचारमा प्रयोग हुने गरी तयारी अवस्थामा राख्न निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संक्रमणको तेस्रो, चौथो लहर आउन सक्ने र त्यसमा बालबालिका बढी संक्रमित हुनसक्ने भन्दै सबै अस्पतालाई बालबालिकाको लागि २० प्रतिशत शय्या छुट्याउन निर्देशन दिएको हो।

स्वास्थ्य मन्त्रालयले संक्रमणको पहिलो र दोस्रो लहरमा अत्याधिक मात्रामा प्रौढ तथा युवाहरु संक्रमित भएको र हालसम्म सबै तयारी उनीहरु लक्षित अवस्थामा रहेको जनाएको छ। नेपालमा तेस्रो र चौथो लहर आउदा बालबालिकाहरुलाई जोखिम हुने भन्दै स्वास्थ्य मन्त्रालयले सबै अस्पताललाई अक्सिजनको व्यवस्थापन सहित २० प्रतिशत शय्या बालबालिकाको लागि उपयुक्त हुने गरी तयारी अवस्थामा राख्न निर्देशन दिएको हो।

https://www.videosprofitnetwork.com/watch.xml?key=5ab222e0c8ce73ce55d692cead46daaf

Views: 0

Leave a Reply

Your email address will not be published. Required fields are marked *